मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

ओली सरकारले  जनताको विश्वासमाथि लात हान्यो : प्रकाशमान सिंह

शनिबार, २८ चैत २०७७, १३ : ००
शनिबार, २८ चैत २०७७

काठमाडौं । नेपाली काँग्रेस नेता प्रकाशमान सिंहले जनताले दिएको अधिकारको दुरुपयोग गरि जनताको विश्वासमाथि केपी ओली सरकारले लात हानेको आरोप लगाएका छन् ।

काठमाडौंको टोखामा आयोजित  शुभकामना आदानप्रदान तथा गणेशमान सिंहको स्मृतिमा निमार्ण गरिएको  पोखरीको उद्घाटन कार्यक्रममा नेता सिंहले नैतिकता नभएको प्रधानमन्त्री धेरै समय राख्न नहुने भन्दै तत्काल ओलीको विकल्प खोज्नु पर्ने बताए  ।

उनले भने ,‘ प्रधानमन्त्री ओलीले संविधान मिचेर आफू अनैतिक भएको पुष्टि गरिसक्नुभयो । अन्तराष्ट्रिय प्रचलन, संवैधानिक दृष्टिकोणले पनि ओली प्रधानमन्त्री पदका लागि अयोग्य भइसके । अब ओलीको विकल्प तत्काल दिनुपर्छ ।’

साथै नेता सिंहले राजनीतिका ठीक भएका देशको सामाजिक , आर्थिक लगायत सम्पुर्ण क्षेत्रको बिकास हुने भन्दै राजनीति गर्ने नेतामा नैतिकता हुन जरुरी रहेको पनि बताए ।

तर ओलीमा अलिकति पनि नैतिकता नभएको भन्दै उनलाई प्रधानमन्त्रीमा बसिरहन दिए आफूहरुको पनि नैतिकतामाथि प्रश्न उठ्ने बताए ।

विगतका  घटनाले यो सरकार भ्रष्टाचारमा लिप्त भएको पुष्टि भइसकेको भन्दै नेता सिंहले ओली सरकारले भ्रष्टाचारीलाई संरक्षण गरि रहेको बताए ।

उनले सरकार परिवर्तन गर्न काँग्रेस एक्लैको बहुमत नपुग्ने हुँदा ढिला भएको बताउँदै  आफूहरुलाई जनताले प्रतिपक्षमा बस्ने अधिकार दिए पनि कम्युनिष्टहरुले देश सञ्चालन गर्न नसकेका कारण सरकार निमार्णमा अग्रसर भएको प्रस्ट पारे ।

देश बचाउन, लोकतान्त्रिक मूल्यमान्यता बचाउनको लागि भए पनि अहिले काँग्रेसले प्रभावकारी भूमिका खेल्ने अवस्था आएकाले आफूहरु त्यसमा लागि परेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप