ला लिगाको उपाधि होडमा निर्णायक एल क्लासिको आज

धेरै वर्षपछि स्पेनिस ला लिगाको उपाधि होडमा निर्णायक एल क्लासिको आज राति खेलिँदैछ । रियल म्याड्रिडले एस्टाडियो डी स्टेफानोमा बार्सिलोनाको आतिथ्य गर्नेछ ।
दुवै टोली आजको खेलमा उत्कृष्ट फर्ममा साथ मैदानमा उत्रनेछन् । रियल म्याड्रिडले लिगमा पछिल्ला चार खेल जितेको छ भने बार्साले ६ खेल जितेको छ । आजको खेल जित्ने टोलीलाई, अस्थायीरुपमा भएपनि, ला लिगाको शीर्ष स्थानमा पुग्ने अवसर छ ।
हाल एथ्लेटिको म्याड्रिड ६६ अंकसहित लिगको शीर्ष स्थानमा रहेको छ । एथ्लेटिकोले आइतबार रियल बेटिसको सामना गर्नेछ । बार्सिलोना ६५ अंकसहित दोस्रो स्थानमा रहेको छ भने रियल म्याड्रिड ६३ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यही भएर उपाधि होडमा आजको खेल निकै महत्त्वपूर्ण रहेको छ ।
आजको खेलमा रियलका साथमा दुई महत्त्वपूर्ण खेलाडी हुनेछैनन् । कप्तान सर्जियो रामोस घाइते छन् भने उनका पार्टनर राफायल भरान कोरोना संक्रमित रहेका छन् । उता, बार्सिलोनाको टोली भने लगभग पूर्ण शक्तिका साथ मैदानमा उत्रनेछ । कप्तान लियोनेल मेस्सीले आफ्नो टोलीलाई कीर्तिमानी ४५ औँ एल–क्लासिकोमा नेतृत्व गर्नेछन् ।
रियलको अस्थायी घरेलु मैदान एस्टाडियो डी स्टेफानोमा दुई टोली पहिलो पटक भिड्नेछन् । दुई टोलको भिडन्त आयोजना गर्ने यो १२ औँ स्टेडियम हुनेछ ।
लस ब्ल्याङ्काेस बार्सामाथि लगातार तेस्रो जीत हासिल गर्ने आशामा रहेको छ । रियलले पछिल्लो सिजन आफ्नो घरेलु मैदानमा बार्सालाई २–० ले हराएको छ भने सिजनको शुरुवातमा क्याम्प नाउमा रियल ३–१ ले विजयी बनेको थियो ।
खेलको अन्त्यमा दुई टोलीबीच अंक बराबरी भएको खण्डमा आजको खेलको परिणामले पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ । नेपाल समयअनुसार १२:४५ मा दुई टोलीबीच खेल हुनेछ ।
स्रोतः गोलडटकम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुद्रतालको संरक्षणमा जुट्यो ढोरपाटन
-
पशुपतिनाथमा किन गरिन्छ चार प्रहरको विशेष पूजा ?
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म