बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आज चेन्नई भर्सेस दिल्ली : धोनीको अनुभवसामु पन्तको युवा जोशको टक्कर

शनिबार, २८ चैत २०७७, १२ : १८
शनिबार, २८ चैत २०७७

इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो खेलमा शनिबार ३ पटकको च्याम्पियन चेन्नई सुपर किंग्स (सीएसके) र पछिल्लो सिजनको फाइनलिस्ट दिल्ली क्यापिटल्स (डीसी) बीच भिडन्त हुँदैछ ।

सीएसकेको नेतृत्व महेन्द्र सिंह धोनी र डीसीको नेतृत्व ऋषभ पन्तले गरिरहेका छन् । सधैँ धोनीलाई आफ्नो आदर्श मान्ने पन्तसामु कप्तानीको मोर्चामा आफूलाई अब्बल साबित गर्ने चुनौति हुनेछ । साथै कप्तानीको दबाबबीच राम्रो ब्याटिङ गर्ने चुनौति पनि उनीसामु छ । उता, चेन्नई​को मुख्य समस्या भनेको मोइन अलीबाहेक उनका अन्य शीर्ष ब्याटसम्यानले हालै कुनै पनि खेल खेलेका छैनन् । 

यस खेलमा दिल्लीका मुख्य तीन बलर शुरुवाती ११ बाट बाहिर हुनेछन् । फस्ट बलर कगिसो रबाडा र एनरिच नार्किया अझै क्वारेन्टिनमा रहेका कारण खेल खेल्न पाउनेछन् । दुवै दक्षिण अफ्रिकाबाट आएका कारण ७ दिनसम्म आइसोलेशनमा रहनुपर्नेछ ।

उता, अक्षर पटेल हालै मात्र कोरोना संक्रमित भएका थिए । उनले आजको खेल पाउने सम्भावना छैन । त्यस्तै, चेन्नईका फास्ट बलर लुनगी एनगिडी पनि यो खेल खेल्नेछैनन् । एनगिडी पनि रबाडा र नर्किया एकै साथ भारत आएका हुन् ।

मुम्बईमा सन् २०१९ मा सात खेल खेलिएका थिए जसमध्ये दोस्रो ब्याटिङ गर्ने टोलीले ४ खेल जितेका थिए । २ खेल पहिलो ब्याटिङ गर्ने टोलीले जितेका थिए । एक खेल बराबरी भएको थियो ।

हालसम्म दुई टोलीबीच भएका २३ खेलमा १५ खेल चेन्नईले जितेको छ भने दिल्लीले ८ मा जीत हासिल गरेको छ । यद्यपि, पछिल्लो सिजनमा भने दिल्लीले दुवै भिडन्तमा चेन्नईलाई पराजित गरेको थियो ।

स्रोतः दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप