शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पश्चिम बंगालमा मतदान जारी : टीएमसी–भाजपाका कार्यकर्ताबीच झडप, ४ को मृत्यु

शनिबार, २८ चैत २०७७, ११ : ५९
शनिबार, २८ चैत २०७७

 

पश्चिम बंगालको ५ जिल्लामा ४४ सिटमा आज चौथो चरणको मतदान जारी छ । यस दौरान कयौँ क्षेत्रमा हिंसाको खबरहरु आएका छन् । कूचबिहारको सीतालकुचीमा तृणमूल काँग्रेस र भाजपाका समर्थकबीच झडप भएको छ ।

झडपमा ४ जनाको मृत्यु भएको र अन्य चार जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सुरक्षाकर्मीले फायरिङमा उनीहरुको मृत्यु भएको दलहरूको आरोप छ । हाल सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ छन् ।

चुनाव आयोगका अनुसार बिहान ११ बजेसम्म १६.६५ प्रतिशत मतदाताले मताधिकार प्रयोग गरिसकेका छन् । यस चरणमा ३७३ प्रत्यासी चुनावी मैदानमा खडा छन् । उनको भाग्यको फैसला १.१५ करोड मतदाताले गर्नेछन् ।

हावडाको ९, दक्षिण २४ परगनाको ११, अलीपुरद्वारको ५, कूच बिहारको ९ र हुगलीको १० सिटमा मतदान जारी रहेको छ । यस चरणमा एक केन्द्रीय मन्त्रीसहित ३ सांसदको भविष्य दाउमा रहेको छ ।

स्रोतः दैनिक भास्कर

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप