शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इतिहासमा आजः आफ्नो पहिलो र अन्तिम यात्रामा निस्किएको थियो टाइटानिक, चार दिनपछि भएको भयानक दुर्घटनामा १५०० बढीको मृत्यु

शनिबार, २८ चैत २०७७, ११ : २१
शनिबार, २८ चैत २०७७

आजकै दिन सन् १९१२ मा टाइटानिक जहाज आफ्नो पहिलो र अन्तिम यात्रामा निस्किएको थियो । बेलायतको साउथेम्पटन महासागरमा एउटा हिमखण्डबाट ठोक्किएर दुई टुक्रा भयो । उक्त दुर्घटनामा १५ सय बढी मारिएका थिए । यो शान्तिकालको सबैभन्दा ठूलो समुद्री दुर्घटना हो । सन् १९९७ मा यो जहाजमा एउटा फिल्म बन्यो जसले यो जहाजलाई चर्चित बनाइदियो ।

टाइटानिकलाई २० औं शताब्दिको सुरुवातमा बेलायतको जहाज बनाउने कम्पनी ह्वाइट स्टार लाइनले बनाएको थियो । यो बनाउने काम सन् १९०९ मा सुरु भएको थियो र सन् १९१२ मा यो काम पूरा गरिएको थियो । २ अप्रिल सन् १९१२ मा यसको समुद्री परीक्षण भएको थियो । १० अप्रिल सन् १९१२ मा यो आफ्नो पहिलो यात्रामा निस्कियो । यात्राको चौथो दिनमा थियो । १४–१५ अप्रिल राती जहाज समुद्रमा बरफको एउटा पहाडसँग ठोक्कियो ।

दुर्घटनाको विषयमा धेरैले विभिन्न प्रश्न उठाउने गर्छन् । जहाजका क्याप्टेन स्मिथले हिमखण्ड भएको चेतावनीलाई नजरअन्दाज गरेको र जहाजको गति कम नगरेको धेरैले आरोप लगाउने गर्छन् । दुर्घटनापछि थुप्रै लाइफबोट आधा खाली नै पठाइएको र त्यो पछि यात्री लिन फिर्ता नभएको पनि बताइनछ । जहाजमा ३ दिनदेखि आगलागी भइरहेको पनि बताइन्छ । यसको जानकारी जहाजका क्याप्टेन र जहाजका केही सदस्यलाई पहिले नै थियो तर पनि यो कुरा लुकाइएको बताइन्छ ।

इतिहासमा १० अप्रिलमा अरु के के भएको थियो ?

सन् २०१९ः खगोलविद्ले पहिलो पटक कुनै ब्ल्याक होलको फोटो जारी गरे ।  यो विशाल आकाशगंगाM87 को केन्द्रमा छ ।

सन् २०१०ः पोल्याण्डका राष्ट्रपति लेख काजिस्की र उनकी श्रीमती मारियाको विमान दुर्घटनामा मृत्यु

सन् २००१ः नेदरल्याण्डले एउटा विधेयक पारित गरेर इच्छा मृत्युलाई मञ्जुरी दियो । यस्तो प्रकारको कानुन बनाउने यो संसारको पहिलो देश बन्यो ।

सन् १९७२ः ईरानमा भूकम्पका कारण करिब ५ हजार मानिसहरुको मृत्यु

सन् १९५३ः पहिलो कलर्ड थ्री डी मुभी हाउस अफ व्याक्स न्युयोर्कमा रिलिज भयो ।

 सन् १९३१ः चर्चित लेखक खलिल जिब्रानको निधन

सन् १८४९ः अमेरिकामा वाल्टर हन्ट नामका व्यक्तिले सेफ्टी पिनको पेटेन्ट लिए । पछि उनले यसलाई चारसय डलरमा बेचिदिए ।

सन् १८४७ः पुलित्जर पुरस्कारका प्रणेता अमेरिकी पत्रकार तथा प्रकाशक जोसेफ पुलित्जरको जन्म

सन् १७१०ः बेलायतमा संसारको पहिलो कपिराइट एक्ट लागू भयो ।

सन् १६३३ः लण्डनमा पहिलो पटक केराको बिक्री सुरु भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप