शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सुरु

शनिबार, २८ चैत २०७७, ०८ : ५७
शनिबार, २८ चैत २०७७

भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा आज (शनिबार) देखि सुरु भएको छ । गत वर्ष कारोना भाइरसको त्रासका कारणले सामान्य रुपमा विधि गरेर जात्रा सम्पन्न गरिएको थियो । 
यो वर्ष प्रशासनले २५ जना भन्दा धेरै भिड् नगर्नु भनेपनि जात्रामा भिड हुने भएकाले भक्तपुर नगरपालिकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पर्व मनाउन आग्रह गरेको छ । 

यो जात्रा तौमढी (पाँचतले मन्दिर अगाडि) बाट भैरव र भद्रकालीको रथ तानेर शुरु भएको हो । यो जात्रा आगामी वैशाख ५ गते गःहिटी पु¥याएर सम्पन्न हुनेछ । 

त्यसैगरी जात्राको आवश्यक सबै तयारी पूरा गरेको भएकाले आज दिउँसोबाट २ बजेपछि जात्रा सञ्चालन हुने भक्तपुर नगरपालिकाले जानकारी दिएको छ । 
बिस्केट जात्राको पहिलो दिन टौमढीमा भैरवनाथ र भद्रकालीको रथ तानि जात्रा सुरु हने परम्परा रहेको छ । रथको अगाडि भागमा छ वटा र पछाडि चार वटा डोरी समातेर दुवैतर्फ जात्रालुले रथलाई तान्थे परम्परा छ । 
विगतमा बिस्केट जात्राको मुख्य गरी भैरवको रथ तान्ने क्रममा पाँचतले मन्दिर तल र माथिका बासिन्दाबीच ढुङ्गा हान्ने र झगडा गर्ने कार्य भएकाले यो वर्ष त्यस्तो कार्य हुन नदिन जिल्ला प्रशासन कार्यालय भक्तपुरले सुरक्षा व्यवस्था कडा पार्ने भएको छ  । 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जात्रालाई शान्तिपूर्ण तवरले सम्पन्न गर्न १ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिएका छन् । 
‘कोरोनाको त्रासका पूनः देखिएकाले वडाहरु स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउने र त्यसको अनुगमन प्रशासनले गर्नेछ,’ प्रमुख जिल्ला अधिकारी भट्टराईले रातोपाटीसंग भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप