शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीका ३ सय ६६ इन्स्पेक्टरको सरुवा, को–कहाँ (सूचीसहित)

शनिबार, २८ चैत २०७७, ०८ : २३
शनिबार, २८ चैत २०७७

काठमाडौं । नेपाल प्रहरीका ३ सय ६६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रवार साँझ इन्स्पेक्टरहरूको सरुवा गरेको हो । 

१ वर्षमा नियमित सरुवा गर्नुपर्ने भएपनि प्रहरी प्रधान कार्यालयले पछिल्लो चार महिनादेखि सरुवा गर्न सकेको थिएन । शुक्रबार सरुवा भएका प्रहरी निरीक्षकहरू ०७६ पुस ७ मा सरुवा भएर आफ्नो कार्यक्षेत्रमा रहेका थिए । 
प्रहरी प्रधान कार्यालयको सूचीअनुसार महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा सुरेशराज भट्टको सरुवा भएको छ । काभ्रेको इलाका प्रहरी कार्यालय बनेपामा राजन कोइराला र जिल्ला ट्राफिक कार्यालय बनेपामा प्रमिला श्रेष्ठलाई पठाइएको छ । 
काठमाडौंको महानगरीय प्रहरी प्रभाग कपनमा  भगवती तिमिल्सेना, बलम्बु प्रभागमा गणेशचन्द्र कोइराला र महानगरीय प्रहरी प्रभाग सानेपामा कृष्ण खड्कालाई सरुवा गरिएको छ ।
रुपन्देही स्थित इलाका प्रहरी कार्यालय बेलहियामा नविन पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा ज्ञान बहादुर माझी र सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटमा अनिलराज गिरीलाई पठाइएको छ ।  पूर्वी नवलपरासी स्थित ईलाका प्रहरी कार्यालय गैँडाकोटमा लक्ष्मी पाण्डे खनालको सरुवा भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप