शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रुकुम पूर्वमा पत्रकार महासंघको चुनाव नै भएन

शुक्रबार, २७ चैत २०७७, २३ : ३३
शुक्रबार, २७ चैत २०७७

रुकुम । नेपाल पत्रकार महासंघको  चुनाव नहुने एक मात्र जिल्ला  रुकुम पूर्व  बनेको  छ  । २०७४  सालमा  साविक रुकुमबाट टुक्रिएको रुकुम पूर्वमा महासंघको शाखा गठन हुन नसकेपछि चुनाव नभएको हो ।  ‘२०७३  सालमा  ७  औं जिल्ला  अधिवेशन हुँदा  साविकको  रुकुम जिल्ला बाट  पत्रकारिता गर्ने  जम्मा  ४  जना  पत्रकार  थिए’  रुकुम  पश्चिमका  पुराना  पत्रकार  हरि गौतमले भने, ‘२०७४  सालमा  जिल्ला  छुट्टिँदा  पनि अवस्था  उस्तै  भयो  । शाखा  स्थापनाका  लागि  १९  जना  नयाँ सदस्यता  थप  भएर  आयो  तर  अहिलेको  अधिवेशनको  समय तालिका  नजिक  आइ सकेकोले  त्यहाँ शाखा  गठन  हुन  सकेन  र पश्चिम रुकुमको  शाखामा  आएर  मतदान  गर्नुभयो  ।’

पश्चिम रुकुम शाखामा  ओली  समूह ,  प्रेस  सेन्टर  र  प्रेस युनियनसहितका संगठन चुनावी प्रतिस्पर्धामा रहेका थिए । प्रेस युनियनका  लक्ष्मण केसी ६० मत  प्राप्त  गरि  अध्यक्षमा  निर्वाचित भएका छन् ।   तर  उनका प्रत्यासी प्रेस सेन्टरका  हरि  गौतमले  ४७  मत ल्याए  ।  

प्रेस युनियनबाट  खुला उपाध्यक्षमा उठेका गोपाल  रेग्मी  ५९ मत  ल्याएर  निर्वाचित भए  । महिला उपाध्यक्षमा  प्रेस  सेन्टरका  सिजन  बाठा मगर,  सचिवमा ओली  समूहका  हिरा  परियार  विजयी  भएका छन्  ।  सहसचिवमा  प्रेस  सेन्टरका  नारायण ओली,  समावेशी सचिवमा  पनि  सेन्टरकै  पवित्रा  खड्का र  कोषाध्यक्ष पनि  प्रेस  सेन्टरकै  ज्ञानु  गौतम निर्वाचित भएका छन् । अध्यक्ष र  सचिवबाहेक  पुरै  प्यानल  सेन्टरले जितेको छ ।

रुकुम  पश्चिममा  मात्रै  सय  जनाले  सदस्यता  पाएको  र    रुकुम पूर्वका  नयाँ   १९ र  पुराना  ३  सहित  १ सय  २२ जना मतदाताले निर्वाचनमा मत खसालेका छन् ।  जबकि  यो भन्दा  ठूलो  जिल्ला  रोल्पामा ८७  जनाले  सदस्यता लिएको  रोल्पाका  निवर्तमान  अध्यक्ष मानसिङ्ग  विकले जानकारी  दिए  ।  प्युठानमा  १ सय  ४०  जनाले  सदस्यता  लिए पनि  १ सय  ३० जनाले मात्र मतदान  गरे  । अर्घाखाँचीमा  १ सय  २६  जनामध्ये १ सय  १६  जनाले  मतदान  गरे  ।  उता  ६३ जना सदस्य रहेको गुल्मी शाखामा  भने    ५८  जनाले  मतदान  गरेका छन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप