मोबाइलबाटै ट्राफिक जरिवाना तिर्न सकिने
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गरेबापत तिर्नुपर्ने जरिवाना मोबाइलबाटै तिर्न सकिने गरी सेवा विस्तार गरेको छ ।
यसअघि अनलाइन सेवा प्रदायक संस्थाबाट ट्राफिक जरिवाना भुक्तानी शुरु गरिएकामा त्यसलाई अझै सेवा विस्तार गरी आजदेखि आफ्नै बैंक खाताबाट सिधँं जरिवाना तिर्न सकिने गरी सेवा विस्तार गरेको हो ।
यसले आम सवारी चालकलाई जरिवाना तिर्न बैंकमा लाइन बस्नुपर्ने, लामो समय व्यर्थ खर्चिनु पर्ने बाध्यताको अन्त्य भएको र ट्राफिक कार्यालयमा हुने भिडभाडमा समेत कमी आउने विश्वस गरिएको महाशाखाका बरिष्ठ प्रमुख प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
ट्राफिक महाशाखाले ट्राफिक जरिवाना रकम ट्राफिक भ्वाइलेसन रेकर्ड सिस्टम (टिभीआरएस), नेपाल सरकारको राजश्व व्यवस्थापन सूचना प्रणाली (आरआइएमएस) र सेवा प्रदायक संस्थाबीच समन्वय गरी सम्बन्धित व्यक्तिको बैँक खातामार्फत भुक्तान हुने गरी सफ्टवेयर प्रणालीको विकास गरेको महाशाखाले जनाएको छ ।
आजदेखि थप ४५ वटा बैंक तथा वित्तीय संस्था र ७ वटा अनलाइन भुक्तानी सेवा प्रदायक संस्थाबाट सिधँै ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने छ भने आगामी दिनमा अन्य सेवा प्रदायक संस्थासँग समेत जोडिँदै जाने महाशाखाको योजना रहेको छ । आगामी दिनमा अनलाइन भुक्तानी प्रणाली सेवा सञ्चालनसम्बन्धी यस महाशाखाले निर्धारण गरेको मापदण्ड पूरा गर्ने अन्य सेवा प्रदायकलाई समेत आवद्ध गर्दै लाने योजना रहेको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण