बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

३ दलको बैठक : सत्ता समीकरणका लागि जसपाले माग्यो समय

शुक्रबार, २७ चैत २०७७, ०९ : ००
शुक्रबार, २७ चैत २०७७

काठमाडौं । नयाँ सत्ता समीकरणबारे बुढानिलकण्ठमा बसेको कांग्रेस, माओवादी केन्द्र र जसपाको बैठक बिनानिष्कर्ष सकिएको छ । सत्ता समीकरणबारे निर्णय गर्न शुक्रबार बसेको ३ दलको बैठकमा जसपाले समय मागेपछि आजको बैठक बिनानिष्कर्ष सकिएको हो ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माकाअनुसार आजको बैठकमा सभापति शेरबहादुर देउवाले कांग्रेसले गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णयबारे दलहरूलाई औपचारिक जानकारी गराएका थिए । जसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले सकारात्मक प्रतिक्रिया दिएका थिए । तर जनता समाजवादी पार्टीले कांग्रेसको प्रस्तावबारे पार्टीमा छलफल गरेर निर्णय गर्ने बताएपछि बैठकमा कुनै ठोस सहमति हुन सकेन ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा सकारात्मक छलफल भएको जसपाको पार्टी बैठक बसेपछि पुन ३ दलको बैठक बस्ने सहमति भएको जानकारी दिए ।

३ बजे बस्ने भनेको बैठक जसपा नेताहरु ढिलो आएपछि ४ बजेपछि मात्रै सुरु भएको थियो । बैठक करिब ४५ मिनेट बसेको थियो । बैठकमा सहभागी एक नेताका अनुसार काँग्रेस सभापति देउवाले आफ्नो नेतृत्वमा सरकार गठनको प्रस्ताव राखेका थिए । जसपा नेताहरुले भने पार्टीभित्र छलफल गरेर जवाफ दिने बताएपछि बैठक स्थगित भएको हो ।  बैठकमा जानुअघि जसपा नेताहरुले आन्तरिक छलफल समेत गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप