पृथ्वीतर्फ आउँदैछ विशाल छुद्रग्रह
आगामी महिना फुटबलको मैदान जत्रो आकारको एक विशाल छुद्रग्रह पृथ्वीतर्फ आउँदैछ । ९ किमि प्रतिसेकेन्डको वेगले पृथ्वीतर्फ अघि बढिरहेको यस छुद्रग्रहमाथि नासाका वैज्ञानिकले निगरानी राखिरहेका छन् ।
विध्वंशका देवता अपोफिस तथा वर्षको सबैभन्दा ठूलो छुद्रग्रहको खतरा टरिसके पनि अब अर्को एउटा विशाल छुद्रग्रह पृथ्वीतर्फ लम्किरहेको छ । फुटबलको मैदान जत्रो विशाल आकारको यो छुद्रग्रह 2021 AF8 (Asteroid 2021 AF8) माथि वैज्ञानिकहरुले निगरानी राखिरहेका छन् । वैज्ञानिकका अनुसार यो छुद्रग्रह मे ४ मा पृथ्वीको नजिक हुँदै गुज्रनेछ ।
नासाका वैज्ञानिकका अनुसार यो छुद्रग्रह २६० देखि ५८० मिटरको आकारको रहेको छ । सबैभन्दा पहिले मार्च महिनामा यो छुद्रग्रहको बारेमा वैज्ञानिकले जानकारी पाएका थिए ।
नासाका वैज्ञानिकका अनुसार पृथ्वी भएर जाने यस छुद्रग्रह 2021 AF8 यसअघि पृथ्वीको नजिक भएर गएका अन्य ठूला छुद्रग्रहको तुलनामा भने सानो हो । तरपनि यसलाई खतराको हिसाबले कम आँक्न मिल्दैन । नासाका अनुसार यो 2021 AF8 एस्टोराइड ९ किमि प्रतिसेकेण्डको वेगले पृथ्वीको नजिक आउँदैछ ।
वैज्ञानिकका अनुसार पृथ्वीबाट करिब ३४ लाख किलोमिटर दूरीबाट यो 2021 AF8 छुद्रग्रह गुज्रिने छ । अपोलो श्रेणीको यस छुद्रग्रहलाई वैज्ञानिकले निगरानी गरिरहने छन् । नासाले यसलाई सम्भावित खतराको सूचीमा राखेको छ ।
नासाको sentry सिस्टमले पहिले देखि नै यस्ता खतरातर्फ निगरानी गरिराखेको छ । नासाका अनुसार आगामी एकसय वर्षमा आउने २२ वटा यस्ता खतरनाक छुद्रग्रह छन् जुन पृथ्वीसँग ठोक्किने सम्भावना रहेको छ ।
यो श्रेणीमा सबैभन्दा अघि र सबैभन्दा ठूलो २९०७५ (1950DA) छुद्रग्रह रहेका छन् । यो सन् २८८० सम्म पृथ्वीतर्फ आउँदैन । यसको आकार अमेरिकाको एम्पाएर स्टेट बिल्डङभन्दा तीन गुणा ठूलो छ ।
सूर्यको परिक्रमा गर्ने तर ग्रहभन्दा सानो आकारका चट्टानलाई छुद्रग्रह भनिन्छ । यस्ता छुद्रग्रहहरु मंगल तथा बृहस्पति ग्रहको बीच छुद्रग्रह बेल्टमा अत्यधिक संख्यामा रहेका छन् ।
करिब ४.५ अरब वर्ष पहिले जब हाम्रो सौर्यमण्डल प्रणाली निर्माण भएको थियो, त्यसबेला ग्यास तथा धुलोका बादल जसले ग्रहको आकार लिन सकेनन्, ती छुद्रग्रहका रुपमा रहे । यस कारण यिनको आकार ग्रह जस्तो गोलो हुँदैन भने कुनै दुई छुद्रग्रहको आकार एक जस्तो पनि हुँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर- १२ का वडाअध्यक्ष कामत पक्राउ
-
प्रगति विवरण पेस गर्न खानेपानी मन्त्री यादवद्वारा निर्देशन
-
राम माधवलाई मात्र भेटेर दिल्लीबाट फर्किइन् परराष्ट्रमन्त्री आरजु
-
केही नेपाल ऐनको दफा ६४ फिर्ता लिने सरकारको निर्णयमा विप्लवले जनाए आपत्ति
-
रास्वपालक्षित कानुनमन्त्रीको टिप्पणी– सडक र सामाजिक सञ्जालबाट न्यायालय प्रभावित पार्न खोजियो
-
कोशी प्रदेश सभाको अधिवेशन माघ पहिलो साता