सिंगटी हाइड्रोको आइपिओ बाँडफाँड

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपिओ बाँडफाँड भएको छ । कम्पनीले गत चैत ६ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेको कुल २६ लाख ९७ हजार कित्ता आइपिओ शुक्रबार बाँडफाँड गरेको हो । शुक्रबार बिहान गोलाप्रथाबाट भएको सेयर बाँडफाँडमा कुल २ लाख ६९ हजार ७ सय जनाले १० कित्ताका दरले कम्पनीको सेयर पाएको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ ।
चैत ६ गतेदेखि ९ गतेसम्म खुल्ला गरिएको कम्पनीको आइपिओका लागि कुल १५ लाख ६५ हजार ५ सय ३० जनाले दिएको आवेदन दिएका थिए । जसमध्ये५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको र बाँकी योग्य कायम भएका १५ लाख ५९ हजार ८ सय २ आवेदकलाई गोलाप्रथामा समावेश गरेर सेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।
जसबाट १२ लाख ९५ हजार ८ सय ३० जना आवेदकहरुको हात खालि हुन पुगेको छ । आइपिओको नतिजा मेरोशेयर, सिडीएसको आइपिओ वेबसाइट, बिक्री प्रबन्धक मेगा क्यापिटलको वेबसाइट र कम्पनीको आधिकारिक वेबसाइटबाट समेत हेर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन जीवन ध्वस्त पारिदिन सक्छन् यी सात रोगले, सतर्क हुनुहोस्
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो