शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘राष्ट्रिय अनुसन्धानको इन्स्पेक्टर हुँ’ भन्दै हिँड्ने युवक पक्राउ

शुक्रबार, २७ चैत २०७७, १६ : १२
शुक्रबार, २७ चैत २०७७

काठमाडौं । ‘राष्ट्रिय अनुसन्धानको इन्स्पेक्टर हुँ’ भनेर हिँड्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ओखलढुंगाको सुनकोसी गाउँपालिका–२ घर भएका कुमार खड्का उर्फ विष्णुलाई पक्राउ गरेको हो । ३५ वर्षीय विष्णुलाई बिहीबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल नजिकैबाट पक्राउ गरिएको हो ।

उनले आतंकवाद र तराईको भूमिगत समूहको सूचना सरकारलाई आफुले नै दिने गरेको भनेर भ्रम छर्ने गरेका थिए । राअवीको इन्सपेक्टर र प्रहरीको विशेष ब्यूरोको सूचक समेत हुँ भन्दै हिँडेको सुराकको आधारमा उनलाई पक्राउ गरिएको परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।

‘राष्ट्रिय अनुसन्धानको इन्सपेक्टर हुँ नि झुक्यानमा पारेर अनुचित लाभ लिने गरेको देखिन्छ’ एसएसपी सिंहले भने–‘उनीमाथि थप अनुसन्धान गरिरहेका छौं ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप