बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बिमानबाट खिचिएको ह्वेलको तस्बिर

शुक्रबार, २७ चैत २०७७, १४ : ४३
शुक्रबार, २७ चैत २०७७

मानिसहरु हवाई यात्रा गर्दा झ्यालमा बस्न रुचाउँछन् । झ्यालबाट देखिने बादल, जमीन, नदी तथा जंगलको सुन्दर दृष्य देख्न पाईने भएकोले सकेसम्म विमानको झ्यालमा बस्न चाहन्छन् ।

तर, यी महिलाले त्यस्तो केही पनि सोचेर बिमानको झ्याल रोजेकी थिइनन् । तर अचम्म के भइदियो भने  उनले बिमानको झ्यालबाट खिचेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइदियो ।

उनले विमानमा सवार हुँदा पानीमा पौडिरहेको एउटा ह्वेल देखिन् र फोटो खिचिन् । त्यतिबेला विमान सेन्टा बारबरा च्यानल माथि उडिरहेको थियो ।

विमानमा यात्रा गर्दै गर्दा जस्मीन चाइल्ड्रेसले एउटा दुर्लभ दृष्य देखिन् ।  उनले आफ्नो क्यामरा जुम गरेर उक्त दृष्य आफ्नो क्यामरामा कैद गरिन् । यो तस्बिरलाई उनले ट्वीटरमा शेयर गरिन् । त्यसपछि जे भयो त्यसले उनलाई आश्चर्य तथा उत्साहित बनायो ।

उनले क्याप्सनमा लेखिन, 'मैले विमानको झ्यालबाट एउटा ह्वेल देखें, तस्बिर त्यति स्पष्ट छैन तर, त्यसले मलाई केही फरक पर्दैन ।'

उनी युनिभर्सिटी अफ क्यालिफोर्नियाको डिपार्टमेण्ट अफ इकोलोजी, इभोलुसन तथा मरिन बायोलोजिको पिएचडीको विद्यार्थी हुन् ।  

उनको ट्वीट सोसल मिडियामा निकै सेयर भयो । यो तस्बिर हेरेर मानिसहरु अचम्ममा परेका थिए । अनि आफूहरुले पनि विमानमा यात्रा गर्दा यस्तै दृष्य हेर्न चाहेको पनि बताए । कतिपयले त यो वास्तविक तस्बिर नभएर फोटोसपमा बनाएकोसमेत भन्न भ्याए । तर,  जस्मीनले आफू कुनै व्यवसायिक विमानमा नभएको साथै निकै कम उचाइमा भएको पनि प्रष्ट पारिन् । उनका अनुसार यो तस्बिर ग्रे ह्वेलको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप