केन्द्रीय संस्करण

‘लाल मोहन जी’ निर्देशन गर्दै ‘पासवर्ड’ का सम्राट

person explore access_timeचैत २७, २०७७ chat_bubble_outline0

काठमाडौंँ । फिल्म ‘लाल मोहन जी’ निर्माण हुने भएको छ । दुई वर्ष अगाडिको चर्चित फिल्म ‘पासवर्ड’का निर्देशक सम्राट बस्नेतले यसलाई निर्देशन गर्न लागेका हुन् । द्वन्द्व निर्देशक सम्राटको ‘पासवर्ड’ निर्देशनमा डेब्यु फिल्म थियो ।
आर.रोसफी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको ‘लाल मोहन जी’ का प्रस्तुतकर्ता तथा निर्माता सुगन तण्डुकार हुन् ।

विपिन कार्की, अर्पण थापा, कर्मा शाक्य, रोहित रुम्बा, रविन्द्र झा, सुष्मा कार्की, सुभाष मेचे, कालु राना, सुगन तण्डुकार र बालकलाकार सुशान्त मेचेको मुख्य भूमिका रहने फिल्मका लागि एक हेरोइन भने चयन हुन बाँकी छ ।
प्रवेश पौडेलको कथामा पटकथा सम्वाद आकाश बरालले तयार पारेको फिल्ममा सन्तोष राजको संगीत, निरज कँडेलको छायाँकन, राजु तामाङको द्वन्द्व, कविराज गहतराजको नृत्य रहनेछ । फिल्मलाई अर्जुन जिसीले सम्पादन गर्नेछन् ।
नेपालको झापाको भद्रपुर, भारत, क्यानडा र अष्ट्रेलियामा छायाँकन हुने बताइएको फिल्म जेठको पहिलो साताबाट फ्लोरमा निस्कने तयारीमा छ । सस्पेन्स कमेडी कथामा बन्न लागेको फिल्मको कथा राम्रो भएको निर्देशक बस्नेतले दाबी गरे । ‘फिल्मको कथाका लागि दुई वर्ष होमवर्क गरेका छौ । यसको कथा अहिलेसम्मकै उत्कृष्ट हो भन्ने मलाई लाग्छ’ बस्नेतले भने ‘कथा राम्रो भएकोले पनि विपिनलगायत कलाकारले मन पराएका छन् ।’ आफ्नो टिमको सबै कलाकारलाई समेत फिल्मको कथा राम्रो लागेको बस्नेतले सुनाए । फिल्म तिहारमा रिलिज लक्ष्य लिइएको फिल्मको प्रोडक्सन म्यानेजर दिलिप पन्त रहेका छन् ।

     

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.