मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

इरफानले पाए सम्मान, अवार्ड शोमा क्वाँक्वाँ रोए छोरा बाबिल (भिडियो)

शुक्रबार, २७ चैत २०७७, १४ : २०
शुक्रबार, २७ चैत २०७७

बलिउडका दिग्गज अभिनेता इरफान खान यो संसारबाट बिदा भएको महिनौं बितिसकेको छ तर त्यो घाउ अहिले पनि ताजा नै छ । आज पनि यी महान् कलाकारलाई याद गरिन्छ, उनलाई सम्मान दिइन्छ । यसै सन्दर्भमा फिल्मफेयरले इरफान खानलाई ठूलै ट्रिब्यूट दिएको छ । उनलाई विशेष अवार्डबाट सम्मानित गरियो । ती अभिनेताका छोरा बाबिलले उक्त अवार्ड स्वीकार गरेका छन् ।

क्वाँक्वाँ रोए इरफानका छोराः

सोसल मिडियामा एउटा भिडियो तीब्र रुपमा भाइरल भइरहेको छ जहाँ बाबिल क्वाँक्वाँ रोइरहेका छन् । उनको आँखाबाट बलिद्र धारा आँसु आइरहेको थियो । जब स्टेजमा प्रस्तोताले भूमिका निभाइरहेका राजकुमार राव र आयुष्मान खुराना, इरफानका लागि सुन्दर शब्दको प्रयोग गरेर भारतीय सिनेमामा उनको योगदानको बखान गर्छन् तब बाबिल निकै भावुक देखिए ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by ColorsTV (@colorstv)

इरफानको फिल्मी करियरः

इरफान खानको कुरा गर्ने हो भने उनको अघिल्लो वर्ष २९ अप्रिलमा क्यान्सरका कारण निधन भएको थियो । अभिनेता लामो समयदेखि बिरामी थिए र उनको उपचार पनि जारी थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप