शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्च बारले भन्यो–सर्वोच्चमा नहकुलको योग्यता पुगेको छैन

शुक्रबार, २७ चैत २०७७, २२ : ४१
शुक्रबार, २७ चैत २०७७

काठमाडौं । सर्वोच्च अदालत वार एसोसिएसनले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस भएका नहकुल सुवेदीको नियुक्ति र छनोट प्रकृया गलत रहेको बताएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले न्यायाधीश सुवेदीको सर्वोच्चको न्यायाधीश हुन योग्यता नपुगेको दावी गरे । 

सुवेदीको हकमा उच्च अदालतमा न्यायाधीशको रुपमा ५ वर्ष काम नगरेको तथा राजनीतिक रुपमा नियुक्त गरिएको भन्दै आपत्ति जनाए ।  ‘जन्म मिति हेरेर न्यायाधीश नियुक्त गर्ने परम्पराको सुरुवात भयो । यो गलत छ । यसले न्यायपालिका राजनीतिको शिकार बन्ने चिन्ता छ’ शाक्यले पत्रकार सम्मेलनमा भने, ‘सक्षम र इमान्दार व्यक्तिको छनोट हुनुपर्छ भन्ने हाम्रो धारणा हो ।’ शाक्यले यसबारे न्यायपरिषद र संसदीय सुनुवाइका सभापतिको ध्यानकर्षण गरिसकेको समेत जानकारी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप