तिहारको स्वागतः आफ्नो मात्र होइन, सबैघर उज्यालो बनाउने तयारी (फोटो फिचर)
भक्तपुर । भक्तपुरका प्रजापति समुदायलाई विगतका वर्षमा जस्तै यो वर्षपनि तिहारको लक्ष्मी पूजाको दिन बाल्ने पाला बनाउन सक्रिय छन् ।
२०७२ सालको भूकम्पले धेरै प्रजापतिहरुको घर भत्कियो । आफ्नो पुरानो थलो भक्तपुर पोटरी स्क्वायर छोडेर अहिले धेरै प्रजापति अन्यत्र नै बस्छन् ।
तर जिन्दगीमा सबै कुरा दिलाउने उनीहरुको पुरानो पेशा माटोको भाँडा बनाउने भने निरन्तरता दिएका छन् ।
आफ्नो जे जस्तो दुःख भएपनि उनीहरु सबै नेपलीको घर उज्यालो बनाउन अहिले दिनरात नभनि माटो पाला बनाउन व्यस्त छन् ।
विनोद प्रजापति भन्छन्, ‘वर्षेनी माग धेरै भएपछि माटोका भाँडा र पाला बनाउन अहिले दिनरात लागेका छौँ ।’
विभिन्न शुभ कार्यमा समेत प्रयोग हुने माटोको पालाको माग दिपावलीमा भने धेरै हुने गरेको छ ।
विगतमा जस्तै यो वर्षमा माटोको अभाव भए पनि प्रजापतिहरुले हिन्दुहरुले मनाउने उज्यालोको पर्व दिपावलिको बत्ती बाल्ने पाला बनाउन भने छोडेका छैनन् ।
भक्तपुरमा माटोका भाँडा बनाउँदै आएका यो समुदायलाई तिहारलाई आवश्यक पर्ने पाला र माटाको भाडा बनाउन आजभोली भ्याई नभ्याई छ ।
उनीहरुले सानो पालाको २ रुपैयाँ र ठूलो पालाको ४/५ रुपैयाँसम्म लिने गरेका छन् ।
दिपावलीको अवसरमा मैन बाल्ने प्रचलन व्यापक भएपनि विगतका केहि वर्ष यता माटोको पालामा मैन भरेको पाला बाल्ने क्रममा बढेको छ ।
सुरक्षाको दृष्टीकोणले समेत यो पाला उक्तम मानिने गरिन्छ आगोलागी नहुने भएकाले माग बढको जानकारहरु बताउँछन् ।
तिहारका लागि माटोको पाला, भिउँटे, ठेकी, धुपौरो लगायतका माटोका सामाग्रीहरको माग उच्च हुने गरेको छ ।
भक्तपुर नगरको बोलाछें, च्यामासिंह, तालाको पोर्टरी स्क्वायर र मध्यपुर थिमि नगरको नगदेश, बोडे, चपाचो लगायतका स्थानका प्रजापति समुदायका यतिखेर तिहारका लागि आवश्यक पाला लगायतका अन्य सामाग्री व्यस्त छन् ।
मुलुकलाई आत्मनिर्भर बनाउने मुद्दा व्यापक रुममा चलिरहँदा नेपाल भित्र नेपाली कच्चा पदार्थबाट सञ्चालन हुने उस्ता मौलीक उद्योगलाई संरक्षण गर्न राज्यले पहल गर्नु पर्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वायनाडमा प्रियङ्का गान्धीलाई तीन लाखभन्दा बढी मतको अग्रता
-
नेपालमा भ्रष्टाचार कोरोना भाइरस जस्तै फैलिएको छ : विप्लव
-
धनीहरूको क्लबमा ‘इगो प्रोब्लम’, शेष घले भर्सेस बद्री केसी !
-
कर दिवस : जनकपुरमा उत्कृष्ट चार उद्योग सम्मानित
-
इन्भेस्टमेन्ट कम्पनीको सेयर कारोबारसम्बन्धी नयाँ प्रावधान
-
फिल्म उद्योगका मानिस चिन्न निर्माण क्षेत्रमा आउनुपर्ने रहेछ : नायिका ढुंगाना