शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानका प्रधानमन्त्रीको आग्रहः कोरोना खोपलाई थप सर्वसुलभ बनाऔं

शुक्रबार, २७ चैत २०७७, १२ : ५२
शुक्रबार, २७ चैत २०७७

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले डि–८ समूहका सदस्य राष्ट्रहरूलाई कोभिड–१९ को खोपलाई थप सर्वसुलभ बनाउन आग्रह गरेका छन् । सो समूहको बिहीबार आयोजित भर्चुअल सम्मेलनमा उनले सो आग्रह गरेका हुन् । उनले हाल विश्वका कतिपय देशमा भ्याक्सिन राष्ट्रियता स्थापना गर्न खोजिएको जस्तो देखिएको पनि टिप्पणी गरे ।

प्रधानमन्त्री खानले सो भर्चुअल सम्मेलनमा भनेका थिए– विश्वमा अहिले भ्याक्सिन जस्तो अति आवश्यकताको वस्तुको उपलब्धताको बारेमा अझ बढी कुरा उठाउनुपर्ने अवस्था आएको पनि बताएका थिए ।

उक्त समूहको १० औं सम्मेलनमा पाकिस्तानी प्रधानमन्त्री खानले कोभिड १९ का विरुद्धमा हाल विश्वमा प्रयोगमा आइरहेको खोपको उपलब्धतालाई अझ सरल र विश्वमा अति आवश्यकताको वस्तुका रुपमा सबैले पाउनुपर्ने बताए ।

यस कार्यका लागि डि ८ जस्तो समूह र यसका सबै सदस्य देशहरुले भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । उनले कोभिडका कारणले विश्वको अर्थतन्त्र गम्भीर अप्ठेरो अवस्थामा पुगेकाले त्यसलाई पुन प्राप्तिका लागि पनि यस समूहले भूमिका खेल्नुपर्ने बताए । 

त्यसका अतिरिक्त विश्वका कतिपय देशमा यो खोपको उपलब्धता निकै कमजोर भएकोले यस समूहका सदस्यहरुले औषधि जस्तो विषय विश्वका सबै देशका नागरिकले पाउन सकुन् भनेर त्यस बारेमा लाग्नुपर्ने धारणा राखे ।

उनले विश्वमा हाल कोभिडका कारणले ह्रास भएको अर्थतन्त्रका कारण धेरै क्षेत्रमा प्रभाव पारिरहेको पनि बताए । त्यसका लागि पनि यो डि ८ समूहले ध्यान दिनुपर्ने बताउनुभएको थियो । डि ८ समूहमा बंगलादेश, पाकिस्तान, टर्की, इजिप्ट, इन्डोनेसिया, इरान, मलेसिया र नाइजेरिया सदस्य रहेका छन् । बिहीबार आयोजना गरिएको १०औँ सम्मेलनको आयोजक राष्ट्र बंगलादेश रहेको थियो । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप