शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१६ लाखसहित ३ जना हुण्डी कारोवारी पक्राउ

शुक्रबार, २७ चैत २०७७, १२ : २९
शुक्रबार, २७ चैत २०७७

पर्सा जिल्लाको वीरगञ्जबाट हुन्डी कारोबारमा संलग्न ३ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरुमा ६० वर्षीय जोखन साई फकिर, ४५ वर्षीय तवारख देवान र ५० वर्षीय उमेश शर्मा छन् । 

बुधबार दिउँसो  विरगञ्ज महानगरपालिका–१० रानीघाट सडक खण्डमा चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको १६ लाख बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए । 

ना. ९२ प ५०७३ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकलमा आएका तवारख देवान र जोखन साईको साथबाट प्रहरीले उक्त रकम बरामद गरी थप अनुसन्धानका क्रममा सोही कारोबारमा संलग्न उमेश शर्मा पक्राउ परेका हुन् । 

उनीहरुमाथि बैंक तथा वित्तीय संस्थासम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतबाट  ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप