जसपामा अन्तरिक द्वन्द्व बढ्दै, बैठक प्रभावित
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालमा आन्तरिक द्वन्द्व बढ्दै गएको छ । सत्ता साझेदारीका बारेमा पार्टीका नेताहरुबीच मतभेद देखिएको सो पार्टीमा लामो समयदेखि आन्तरिक बैठकसमेत प्रभावित हुँदै आएको छ ।
जसपा नेपालका नेताहरु एकीकरण अघिकै दलमा विभाजित रहेर आन्तरिक छलफल गरिरहेका छन् । पछिल्लो समय जसपा नेपालको केन्द्रीय कार्यसमितिको बैठक बस्न सकेको छैन भने राजनीतिक स्वार्थका आधारमा विभाजित हुँदै साविकको समाजवादी पार्टी र राजपा नेपालका नेताहरु छुट्टाछुट्टै छलफल र बैठकमा जुटेका छन् ।
जसपा नेपालले चैत ५ गतेका लागि कार्यकारिणी समितिको बैठक बोलाएको थियो । तर अन्तिम समयमा आएर उक्त बैठक स्थगित गरिएको थियो । त्यही दिन बिहान बसेको पदाधिकारी बैठकमा सत्ता साझेदारीका विषयमा विवाद बढेपछि कार्यकारिणी समितिको बैठक स्थगित गरिएको हो ।
पछिल्लो समय जसपा नेपालभित्र सत्ता साझेदारीका लागि एमालेलाई रोज्ने वा काँग्रेस–माओवादी केन्द्रलाई भन्नेबारे मतभेद छ । महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरु एमालेसँग सहकार्य गर्नका लागि इच्छुक देखिएका छन् भने उपेन्द्र यादव, डा. बाबुराम भट्टराई लगायतका नेताहरु काँग्रेस–माओवादीसँग सहकार्य गर्नुपर्ने पक्षमा छन् ।
सोही मतभेदका बीच जसपा नेपाल शुक्रबार दिउँसो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आयोजना गर्ने तीन दलीय बैठकमा सामेल हुँदैछ । तर उक्त बैठकमा पार्टीका तर्फबाट कस्तो अडान राख्ने वा के–कस्ता प्रस्ताव गर्ने भन्नेबारे जसपा नेपालले आन्तरिक छलफलसमेत गरेको छैन ।
पार्टी निकट स्रोतका अनुसार पार्टीका अध्यक्ष उपेन्द्र यादव राजधानी बाहिर रहेका कारण जसपा नेपालको बैठक बस्न नसकेको हो ।
पार्टीका कार्यकारिणी सदस्य रामसहाय यादव भन्छन्, ‘पार्टीका शीर्ष नेताहरु काठमाडौँभन्दा बाहिर बाहिर रहेको कारण बैठक बस्न नसकेको हो । नेताहरु काठमाडौँ फर्किदै हुनुहुन्छ, त्यसपछि सल्लाह गरेर बैठक बस्नेछ ।’
धनुषामा पार्टीको प्रशिक्षण कार्यक्रम चलेको र त्यसमा केही नेताहरु व्यस्त भएका कारण पार्टीको कार्यकारिणी समितिको बैठकमा केही विलम्ब भएको उनको भनाइ छ ।
सोही पार्टीका अर्का नेता डा.सुरेन्द्र झा पार्टीको बैठक बस्न आवश्यक देखिएको तर नेताहरु बाहिर रहेका कारणले ढिलो भएको बताउँछन् । पार्टीका समायोजनका काम पनि ठप्प रहेको भन्दै उनले त्यसका लागि बैठक बस्न आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण