मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

अबको ‘वाम’ गन्तव्य समाजवाद कि लम्पसारवाद ?

बुधबार, २५ असोज २०७४, १५ : ०७
बुधबार, २५ असोज २०७४

नेपालको कम्युनिष्ट आन्दोलनमा सर्वाधिक नौलो घटना हुन पुगेको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को मिलनको घटना । हुन त कुनै आश्चर्यजनक होइन यो मिलन । एउटै झण्डामुनी रहेका राजनीतिक दलहरू एउटै पार्टीमा समेटिनु स्वाभाविक हो । राजनीतिक आदर्श, दर्शन र झण्डा नै एउटै भएपछि अलग अलग चुलाचौका बनाउनु कुनै आवश्यक हुँदैन । संगठित शक्तिको आवाज जति ओेजपूर्ण हुन्छ, त्यति छुट्टाछुट्टै बोलिने आवाजको हुँदैन । यो नेपालको कम्युनिष्ट आन्दोलनमा लागेकाहरू सबैले भोगेको कुरा हो । 

२०२८ देखि सुरु भएको झापा आन्दोलन रूपान्तरित हुँदै वर्तमानको नेकपा (एमाले)सम्म आइपुगेको छ । नेकपा (एमाले)को इतिहास नेपालको कम्युनिष्ट आन्दोलन हिंसात्मक विद्रोहबाटै सुरु भएको हो । आजको एमालेलाई हर्दा इतिहास प्रति पश्चाताप गर्नुपर्ने अवस्था विद्यमान छ । एमाले पार्टीको नेतृत्वपंक्तिले लिएको राजनीतिक कार्यदिशाबारेमा कुनै टिप्पणी गरिरहनुको आवश्यकता छैन । तथापि राष्ट्रिय स्वाधीनताको सवालमा नेकपा (एमाले)ले लम्पसारवादी नीतिलाई नै अवलम्बन गर्दैआएको छ । यस विषयमा केही चर्चा गर्नु वर्तमान सन्दर्भमा सामयिक होला जस्तो लागेको छ । 

यी दुवै दलका नेताहरूले राष्ट्रिय स्वाधीनतालाई केन्द्रबिन्दुमा राखेर पार्टी एकताको पहल थालेको भए राष्ट्रको हितमा अवश्य हुन्थ्यो । परन्तु एकताको आधार, चुनावी तालमेललाई आवश्यक ठानिएको छ । दुवै पार्टीका गठबन्धन सरकार विगतमा दुई पटक निर्माण भइसकेका छन् । दुवैपटकको सरकारको नेतृत्व दुवै पार्टीका अध्यक्षहरूले गरेका छन् । पहिलो संविधानसभाको चुनाव भएलगत्तै माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा नेकपा (एमाले) सम्मिलित थियो ।  

त्यो सरकारले गर्न चाहेको भए नेपालको इतिहासमा निश्चय पनि उल्लेखनीय कामहरू गर्न सक्दथ्यो । मिलेर राम्रो काम गर्नेतर्पmभन्दा एकले अर्कालाई समाप्त पार्ने खेल भयो । खासगरी माओवादीको बढ्दो लोकप्रियतालाई कसरी समाप्त पार्ने भन्ने खेलमा एमालेको नेतृत्वपंक्ति कृतसंकल्पित भएर लागेपछि गठबन्धन सरकारबाट एमाले अलग भएको घोषणा भयो । यही घटनाबाट नेपाल पछाडि फर्किन सुरु भएको हो । प्रधानसेनापति कटवाल प्रकरणका नामले चर्चित त्यो एमालेको नेतृत्वपंक्तिले रचना गरेको खेल हो भन्ने कुरा पछि आएर पुष्टि भएको हो । त्यस घटनामा एमाले पार्टीको नेतृत्वपंक्तिले आफ्नो बचनबद्धतालाई उल्लंघन नगरेका भए नेपाल परिवर्तनको रफ्तारमा पुगिसकेको हुन्थ्यो । माओवादीलाई ‘साइजमा झार्ने’ अभियान त्यहीबेलादेखि सुरु भयो र क्रमिक रूपमा सफल हुँदै गएको छ । माओवादीको समाप्तिसँगै त्यस पार्टीका नेताहरूको राजनीतिक हत्या पनि अत्यन्त निर्ममताका साथ हुन पुगिरहेको छ । 

माओवादी नेतृत्वपंक्तिले राजनीतिक क्रमभङ्गताका नाममा लम्पसारवादी नीति अवलम्बन गर्दै जानुले नै आजको अवस्था विकसित भएको हो भन्ने कुरा इतिहासको समीक्षा गर्नेले अवश्य लेख्ने छ । १६ हजार नेपाली जनताको रगत बगाएर निर्माण गरिएको पार्टीको संरचना यति सजिलै तहसनहस हुनसक्ने कल्पना कसैले गरेको थिएन । शान्तिप्रक्रियामा प्रवेश गरेदेखि नै माओवादीको नेतृत्व पंक्तिले लम्पसारवादी नीति अवलम्बन ग¥यो ।

विदेशीहरूलाई नागरिकता उपलब्ध गराउने सवालमा होस् आ नेपालको जलसम्पदा विदेशीहरूलाई सुम्पिने सवालमा होस् माओवादी नेतृत्व पंक्तिले एमाले पार्टीको बिर्सजनवादी चरित्रका सामु लम्पसार परेरै सहयोग ग¥यो । माओवादी नेतृत्वले जनताबाट तिरस्कृत एमालेका नेता माधव नेपाललाई देशको प्रधानमन्त्रीसम्म बनाउने काममा आपूmलाई लम्पसार बनायो । यस्ता कार्यहरू नै माओवादी पार्टीका लागि घातकसिद्ध भए । कटवाल प्रकरणले सृजना गरेको प्रधानमन्त्री प्रचण्डको राजीनामा लगत्तै बानेश्वर सभामा प्रचण्डले व्यक्त गरेको आक्रोश राष्ट्रिय स्वाधीनताको आवाज थियो । परन्तु प्रचण्डले त्यसमा अडान लिन सकेनन् । आपूmलाई अत्यन्त परिवर्तनकारी दावी गर्दै आएका प्रचण्डले उल्टो गन्तव्य समातेपछि उनलाई कसैले रोक्न आवश्यक ठानेनन् वा सकेनन् ? यो समीक्षाको विषय हो ।

केपी ओलीको नेतृत्वमा रहेको एमाले र माओवादी गठबन्धनको सरकारलाई किन विघटन गरियो ? यो तत्कालीन अवस्थामा किन आवश्यक ठानियो ? नेपाली कांग्रेससँग किन गठबन्धन गरियो ? स्थानीय तहको चुनावमा नेपाली कांग्रेससँग किन तालमेल गरियो ? यस्ता प्रश्नहरूको जवाफ माओवादी नेतृत्वले खोज्नुपर्दछ ।

आपूmलाई जे ठीक लाग्यो, त्यो सबैले मान्नुपर्ने ? मान्छेका घाँटी रेट्दा पनि ठीक, अरुले केही गल्ती गर्दा भाते कारबाही गर्नुपर्ने आफ्नो जे गरे पनि ठीक, विदेशीलाई नागरिकता दिंदा पनि ठीक, देशका जलसम्पदा छिमेकी देशलाई बेच्दा पनि ठीक, विस्तारवादी छिमेकीसँग लम्पसार पर्दा पनि ठीक ! जनताले जे भन्छन् त्यो सबै बेठीक ? जेहोस्, वाम एकताले सार्थकता पाओस्, शुभकामना भन्नैप¥यो जनताले !
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निमकान्त पाण्डे
निमकान्त पाण्डे
लेखकबाट थप