शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रासफोर्डकाे कीर्तिमानमा म्यानचेस्टर विजयी, आर्सनल रोकियो

शुक्रबार, २७ चैत २०७७, ०७ : ५३
शुक्रबार, २७ चैत २०७७

युरोपा लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनअन्तर्गत पहिलो लेगमा म्यानचेस्टर युनाइटेडले ग्रानााडालाई उसैको घरेलु मैदानमा २–० ले हराएको छ । भिक्टर लिन्डेलोफको लामो पासलाई सदुुपयोग गर्र्द मर्कस रासफोर्डले खेलको ३१ औं मिनेटमा युनाइटेडलाई अग्रता दिलाएका थिए । ९० मिनेटमा पेनाल्टीमार्फत ब्रुनो फर्नान्डेजले अर्को गोल गरे । 
 

रासफोर्डले यस सिजन च्याम्पियन्स लिग र युरोपा लिगमा कुल ८ गोल गरिसकेका छन् । १९६४–६५ मा बबी चाल्र्टनले यस्तै उपलब्धि हासिल गरेका थिए । त्यसयता, कुुनै पनि इंलिस खेलाडीले एकै सिजन युरोपेली लिगमा ८ गोल गर्न सकेका थिएनन् । 

आर्सनल बराबरीमै रोकियो

यता अर्को इंलिस क्लब आर्सनल पहिलो लेगमा स्लाभिया प्रागसँग बराबरीमै रोकिएको छ । घरेलु मैदानमा पेपेले गोल गर्दै ८६ औं मिनेटमा आर्सनललाई अघि बढाएका थिए । तर नाटकीय खेलको इन्जुरी समयमा प्रागबाट टोमस हलेसले अवे गोल गर्दा खेल बराबरीमा सकियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप