बेलायतमा एक सातामा २१६ संक्रमितको मृत्यु

लन्डन । बेलायतमा अप्रिल २ देखि अप्रिल ८ तारिख बीचको एक साताभित्र २१६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो साताको तुलनामा मृतक संख्या ३२.५ प्रतिशले ह्रास आएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले उल्लेख गरेको छ । बेलायतमा पछिल्लो २४ घन्टामा ५३ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २६ हजार ९८० पुगेको छ ।
यसैगरी बेलायतमा पछिल्लो एक सातामा २० हजार ५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित संख्यामा पनि अघिल्लो हप्ताको तुलनामा ३७.३ प्रतिशतले ह्रास आएको हो ।
बितेको २४ घन्टामा तीन हजार ३० जना नयाँ संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितको बेलायतमा कोरोना संक्रमितको संख्या ४३ लाख ७० हजार ३२१ पुगेको छ । गएको केहि दिनयता संक्रमित संख्या तीन हजार भन्दा कम रहँदै आएको छ ।
६०.४ प्रतिशतले लगाए खोपको पहिलो डोज
बेलायतमा ६०.४ प्रतिशत वयस्कले खोपको पहिलो डोज लिइसकेका छन् । यसैगरि ११.६ प्रतिशत वयस्कले खोपको दुवै डोज लगाइसकेको स्वास्थ्य विभागको तथ्याँकमा उल्लेख छ । कोरोना विरुद्धको खोप वितरण कार्य शुरु भएयता तीन करोड ७८ लाखभन्दा बढी डोज खोप वितरण भइसकेको छ ।
स्वास्थ्य विभागद्वारा सार्वजनिक सोमबारसम्मको तथ्याँकअनुसार हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड ७८ लाख ९९ हजार २९ डोज खोप वितरण भइसकेको छ । तीन करोड १८ लाख ७ हजार १२४ जनाले खोपको पहिलो डोज लिएका छन् भने ६० लाख ९१ हजार ९०५ जनाले खोपको दोस्रो डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ