शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा एक सातामा २१६ संक्रमितको मृत्यु

बिहीबार, २६ चैत २०७७, २२ : २९
बिहीबार, २६ चैत २०७७

लन्डन । बेलायतमा अप्रिल २ देखि अप्रिल ८ तारिख बीचको एक साताभित्र २१६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो साताको तुलनामा मृतक संख्या ३२.५ प्रतिशले ह्रास आएको  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले उल्लेख गरेको छ । बेलायतमा पछिल्लो २४ घन्टामा ५३ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २६ हजार ९८० पुगेको छ ।

यसैगरी  बेलायतमा पछिल्लो एक सातामा २० हजार ५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित संख्यामा  पनि अघिल्लो हप्ताको तुलनामा ३७.३ प्रतिशतले ह्रास आएको हो ।

बितेको २४ घन्टामा तीन हजार ३० जना नयाँ संक्रमित थपिएका छन् । थपिएका नयाँ  संक्रमितको बेलायतमा कोरोना संक्रमितको संख्या ४३ लाख ७० हजार ३२१ पुगेको छ । गएको केहि दिनयता संक्रमित संख्या तीन हजार भन्दा कम रहँदै आएको छ ।

६०.४  प्रतिशतले लगाए खोपको पहिलो डोज

बेलायतमा ६०.४ प्रतिशत वयस्कले खोपको पहिलो डोज लिइसकेका छन् । यसैगरि ११.६ प्रतिशत वयस्कले खोपको दुवै डोज लगाइसकेको स्वास्थ्य विभागको तथ्याँकमा उल्लेख छ । कोरोना विरुद्धको खोप वितरण कार्य शुरु भएयता तीन करोड ७८ लाखभन्दा बढी डोज खोप वितरण भइसकेको छ ।

स्वास्थ्य विभागद्वारा सार्वजनिक सोमबारसम्मको तथ्याँकअनुसार हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड ७८ लाख ९९ हजार २९ डोज खोप वितरण भइसकेको छ । तीन करोड १८ लाख ७ हजार १२४ जनाले खोपको पहिलो डोज लिएका छन् भने ६० लाख ९१ हजार ९०५ जनाले खोपको दोस्रो डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप