उपत्यका प्रदेश अध्यक्षमा झा, कोषाध्यक्षमा पन्त
काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशमा विपुल पोखरेल पक्षको प्यानल नै विजयी भएको छ । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशको अध्यक्षमा श्रीजन झा , महासचिवमा टेकबहादुर रोका (टेनिस) र कोषाध्यक्षमा अर्जुन पन्त सहित प्यानल नै विजयी भएका छन् । गत २५ चैतमा सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार अध्यक्षमा झाले १ हजार १ सय ६५ मत ल्याएर विजयी बने भने उनका प्रतिस्पर्धी रामचन्द्र खड्काले ५ सय ७ मत प्राप्त गरे ।
उपत्यका समितिको खुला उपाध्यक्षमा विरबहादुर लामाले ९ सय १५ मत ल्याएर विजयी बने भने उनका प्रतिस्पर्धी विनोद प्रसाद चौलागाईले ६ सय ४४ मत प्राप्त गरे । महिला उपाध्यक्ष रोजिना थापा भने निर्विरोध निर्वाचित बनिन् । महासचिव पदमा १ हजार ५ मत प्राप्त गर्दै टेकबहादुर रोका (टेनिस) निर्वाचित भए भने उनका प्रतिस्पर्धी सविन शर्माले ५ सय ६९ मत प्राप्त गरे ।
खुल्ला सचिवमा रोशनराज पाण्डेले ८ सय ६९ मत ल्याएर विजयी बन्दा उनका निकटम प्रतिस्पर्धी केदार भट्टराईले ४ सय ५४ मत र कालिका बहादुर महतले २ सय २३ मत प्राप्त गरे । यसैगरी, समावेशी सचिवमा अमर भुजुले ९ सय ४७ मत ल्याएर विजयी बने भने उनका प्रतिस्पर्धी रञ्जित तामाङले ६ सय ४ मत प्राप्त गरे ।
कोषाध्यक्षमा भने १ हजार ८९ मत ल्याएर अर्जुन पन्त विजयी बने भने उनका प्रतिस्पर्धी जयराम बास्तोलाले ४ सय ४२ मत प्राप्त गरे ।
कार्यसमिति सदस्यमा प्रविण श्रेष्ठ, घनश्याम अधिकारी (बैरागी जेठा), माधव प्रसाद घिमिरे, विष्णु कुमार गिरी (विष्णु निश्चल), विधुर ढकाल, रमा कुमारी न्यौपाने, नेत्र प्रसाद न्यौपाने, दिया चन्द, लक्ष्मी गारु, सुशिल दर्नाल, अर्जुन बहादुर तामाङ, रत्नकृष्ण श्रेष्ठ, विनयकुमार महतो, अनिलकुमार गुप्ता निर्वाचित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रस्थान तालिमका लागि आईरिस सिस्टम पूर्णरूपमा लागू
-
नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड
-
न्याय परिषद्लाई गतिशील बनाएमात्रै न्याय क्षेत्रका विकृतिहरूको अन्त्य हुन्छ : प्रधानन्यायाधीश राउत
-
न्यायाधीश नियुक्तिमा एक अर्कालाई देखाएर पन्छिँदै
-
उत्पीडित वर्गलाई समान हक नदिइ देश अघि बढ्न सक्दैन : सभापति देउवा
-
भारतमा फेरि भेटियो स्टारलिंकको इन्टरनेट डिभाइस