बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

'आहा रारा गोल्डकप’मा पुलिसलाई हराउँदै अफ्रिकन रुट्स फाइनलमा

बिहीबार, २६ चैत २०७७, २० : १९
बिहीबार, २६ चैत २०७७

पोखरा । ‘आहा रारा गोल्डकप’ प्रतियोगितामा अफ्रिकन रुट्स एशोसिएसन क्यामरुनले नेपाल पुलिस क्लबलाई २–० ले पराजित गरेको छ । पोखरा रंगशालामा जारी १९ औं संस्करणको आहा रारा कप प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेलमा पुलिस क्लबलाई २–० गोलको हार चखाउँदै फाइनल प्रबेश गरेको हो । 

नेपाल पुलिस क्लबले सेमिफाइनलमा नै हार व्यहोरेपछि पोखरामा सातौं पटक उपाधि चुम्ने सपना चकनाचुर भएको छ । पुलिसले पोखरा रंगशालामा क्याराभान कपदेखि आहा रारा गोल्डकप सम्म ६ पटक उपाधि हात पारिसकेको छ । पोखरामै आयोजित खेलहरुमा पुलिस क्लब ११ पटक उपविजेता समेत बनेको छ ।

बिहिबार भएको खेलको तेस्रो मिनेटमा बासेकले गोल गरेपछि अफ्रिकन टोलीले अग्रता लिएको थियो । गोलकिपर सञ्जित श्रेष्ठले डिफेण्डरलाई दिएको छोटो पासलाई डि वक्स भन्दा बाहिरबाट नै मौसाले खोसेर बसेक्कलाई पास दिए ।

डि वक्स भित्रै अनमार्क रहेका वसेक्कले कुनै गल्ती नगरी बललाई गोलको दिशा देखाएका थिए । खेलको इन्जुरी समयमा मौसाले गोल गर्दै अफ्रिकनलाई २–० को जित दिलाएका हुन् । 
खेलमा पहिलो गोलका लागि एसिष्ट गरेका मौसाले र दोश्रो गोल आफैले गरे पछि खेलको म्यान अफ दि म्याच घोषित भए ।

आहा रारा गोल्डकपको फाइनल खेल शनिबार हुने छ । संकटा र अफ्रिकन रुट्स पहिलो पटक इतिहास रच्दै आहा रारा गोल्डकपको फाइनलमा स्थान पक्का गरेका छन् । प्रतियोगितामा स्वदेशी र विदेशी गरी कुल ८ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैयाँ हात पार्नेछ । यस्तै उपविजेता टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ सूर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप