शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रिद्धि सिद्धि सिमेन्टको नुकड नाट्य यात्रा, नाटकमार्फत जनचेतना

बिहीबार, २६ चैत २०७७, १९ : ४२
बिहीबार, २६ चैत २०७७

काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले सिमेन्टको उपयोगिताबारे जानकारी गराउन नाट्य यात्रा गरेको छ । 
रिद्धि सिद्धि सिमेन्टको आयोजना र विजय लक्ष्मी मिडिया फाउन्डेसनको समायोजनमा रिद्धि सिद्धि नुकड नाट्य यात्रा भएको हो । 

प्रदेश २ को ८ वटा जिल्लाको विभिन्न ५० स्थानमा हुने यो यात्रा अहिले ११ वटा ठाँउमा प्रस्तुत भइसकेको कम्पनीले जनाएको छ । हालसम्म प्रदेश २ को धनुषा स्थित सबैला बजार, गोदार, धनुषाधाम र यदुकुहा बजार, महोतरीको बलबा र जलेश्वर, मटिहानी र पिपरा बजार र सर्लाहीको गोडैता लगायत स्थानमा सम्पन्न भएका छन् ।

नाटकमार्फत दर्शकहरुलाई मनोरञ्जन दिनुको साथसाथै भविष्यमा निर्माण हुने भौतिक संरचनामा सिमेन्टको  प्रयोगबारे जनचेतना फैलाइएको कम्पनीले जनाएको छ । र, यस नाटकको नाम पनि सचेत राखिएको कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप