शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल प्रहरी अस्पताललाई राष्ट्रिय वाणिज्य बैंकद्वारा क्यूआर कोड र पस मेसिन हस्तान्तरण

बिहीबार, २६ चैत २०७७, १९ : २०
बिहीबार, २६ चैत २०७७

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरी अस्पतालको ३७ औं वार्षिकोत्सवको अवसरमा अस्पताललाई क्यूआर कोड र पस मेसिन हस्तान्तरण गरेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले प्रहरी अतिरिक्त महानिरीक्षक एवं नेपाल प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर डा.आशा सिंहलाई उक्त समारोहमा बिहिबार क्यूआर कोड र पस मेसिन हस्तान्तरण गरे । 

प्रहरी अस्पतालमा उपचार गर्न आउने सेवाग्राहीहरुले नगदको सट्टा विद्युतीय भुक्तानीका साधन  क्यूआर कोड र पस मेसिनबाट भुक्तानी गर्न सक्नेछन् ।

सो समारोहमा प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले राष्ट्रिय वाणिज्य बैंकले रक्तसंचार केन्द्र निर्माण गर्न प्रहरी अस्पतालाई सहयोग गरेकोमा आभार व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले आधुनिक बैंकिङ्ग सेवा दिन बैंक सधैं तत्पर रहेको र स्वास्थ्य उपचारको लागि सेवाग्राहीहरुले अब नगद बोकेर हिड्न नपर्ने जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप