शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

झापामा विपुल पोखरेललाई १२०, निर्मला शर्मालाई १११ मत

बिहीबार, २६ चैत २०७७, १९ : १८
बिहीबार, २६ चैत २०७७

झापा । नेपाल पत्रकार महासंघको झापाको मतगणना सकिएको छ । जिल्लाबाट अध्यक्षका लागि खसेको मतमध्ये संयुक्त प्यानलका विपुल पोखरेलले निर्मला शर्मालाई पछि पारेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाबाट प्रेस युनियनका विपुल पोखरेलले १२० मत पाएका छन् । सत्तापक्षीय चौतारी निकट निर्मला शर्माले १११ मत पाएकी छिन् ।

जिल्ला शाखाका पदाधिकारीहरूमा पनि सत्ताइत्तर पक्षका बहुमत पदाधिकारीले जितेका छन् । युनियनका तर्फबाट एकराज गिरीले जिल्ला सभापतिमा जित हात पारेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप