बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाल आँखा अस्पताललाई सिद्धार्थ बैंकको ५ लाख सहयोग

बिहीबार, २६ चैत २०७७, १९ : ०७
बिहीबार, २६ चैत २०७७

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले काठमाडौंको त्रिपुरेश्वरमा अवस्थित नेपाल आँखा अस्पताललाई टोकन सिस्टम लागु गर्नको लागि सहयोग स्वरुप ५ लाख प्रदान गरेको छ । सो रकम बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतमले अस्पतालका अध्यक्ष डा. गोपाल प्रसाद पोखरेललाई हस्तान्तरण गरे । 

बैंकबाट प्राप्त उक्त रकम अस्पतालमा आउने सेवाग्राहीको सुविधा तथा छिटो छरितो सेवा प्रदान गर्नको लागि अस्पतालका विभिन्न ब्लकहरुमा टोकन सिस्टम लागु गर्न उपयोग गर्ने जनाएको छ । उक्त सिष्टमले अस्पतालमा व्यवस्थित रुपमा सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास बैंकको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप