शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ वर्षमा मुलुकले नयाँ सरकार पाउँछ : नेता यादव

बिहीबार, २६ चैत २०७७, १७ : ५९
बिहीबार, २६ चैत २०७७

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री महेन्द्र यादवले नयाँ वर्षको सुरुवातमै नयाँ सरकार बन्ने दाबी गरेका छन् । उनले भने,‘ढुक्क हुनुहोस्, नयाँ वर्षमा मुलुकले नयाँ सरकार पाउँछ, अहिले त्यसको लागि सकारात्मक वार्ता भैरहेको छ ।’

बिहीबार राजधानी साक्षात्कारमा बोल्दै नेता यादवले वर्तमान सरकारको विकल्प खोजिने बताउँदै आगामी नयाँ वर्ष अर्थात् वैशाखभित्रै मुलुकले नयाँ सरकार पाउने विश्वास दिलाएका हुन् । उनले भने, ‘हामी वर्तमान सरकारको विपक्षमा छौं । यो सरकार १०० प्रतिशत परिवर्तन हुन्छ, नयाँ वर्षमा नयाँ सरकार मुलुकले पाउँछ ।’

उनले अहिले सरकारको विकल्प खोज्ने विषयमा आफ्नो पार्टी स्पष्ट रहेको सुनाए । उनले भने,‘हामी स्पष्ट छौं, नेकपा (माओवादी केन्द्र) पनि स्पष्ट छ, तर जसपामा अलिक समस्या देखिएको छ ।’ उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न तीन दिलले ढिलाइ गर्न नहुने पनि सुनाए । उनले भने,‘जति दिन ओली सरकार रहन्छ, त्यति दिन नै संघीयता, संविधानका दफाहरूमाथि प्रहार भइरहन्छ । अहिले काँग्रेस, माओवादी केन्द्र र जसपा सरकार फाल्ने विषयमा मिल्ने अवस्थामा छौं, चाँडै सहमति गरौँ ।’

उनले ओली नेतृत्वको सरकारलाई प्रतिगमनकारी भन्दै तत्काल सरकारलाई विदाई गर्नुपर्नेमा जोड दिए । उनले भने,‘अहिले सबैको साझा दुश्मनको रुपमा रहेको ओली सरकार हो । यो सरकारलाई विदाई गर्न ढिलाई गर्नुहुँदैन्, जति ढिलाई गर्यो त्यति पछुताउनुपर्छ ।’ फरक प्रसँगमा उनले बालुवाटार र बुढानिलकण्ठलाई एउटै दुरीमा राखेर हेर्न नहुनेपनि धारणा राखे । ओली सरकारको विकल्प खोज्ने विषयमा कांग्रेस, माओवादी केन्द्र र जसपाबीच वार्ता सकारात्मक भएको भन्दै छिट्टै अविश्वासको प्रस्ताव दर्ता हुने पनि उनको दाबी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप