
ADVERTISEMENT
पछिल्लो २४ घण्टामा ३३२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ४ हजार ६ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ३२ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ७९ जना कोरोना मुक्त भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार १ सय पुगेको छ । जसमध्ये निको हुनेको संख्या २ लाख ७३ हजार ६०८ रहेको छ । अहिलेसम्म संक्रमणका कारण ३ हजार ३८ जनाको मृत्यु भएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ