कपिलवस्तुमा १२ वर्ष अघिको गोलीकाण्डका अभियुक्त पक्राउ
बुटवल । कपिलवस्तुमा १२ वर्षअघि ४२ वर्षीय विश्वनाथ यादवलाई गोली हानेर भागेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी धर्मराज भण्डारी नेतृत्वको टोलीले हत्यामा संलग्न असलम मुसलमानलाई पक्राउ गरेको हो । उनलाई यशोधरा गाउँपालिका–७ मर्यादपुरबाट पक्राउ गरिएको कपिलवस्तुका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
कपिलवस्तुको शिवपुरमा १४ साउन २०६५ मा असलामले प्रहार गरेको गोली लागेर विश्वनाथको मृत्यु भएको थियो । जिल्ला अदालतले २ जेठ ०६९ मा असलमलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । अदालतको फैसलापछि उनी फरार थिए । उनीसहित चुलबुल यादव भन्ने हरिलाल यादव, आलमगिर मुसलमान भन्ने आलम शेषले मृतक यादवलाई घरबाट बाहिर बोलाएर घाँटी र दाहिने छातीमा गोली प्रहार गरि हत्या गरेका थिए । मुसलमानलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् पोलमा मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु
-
उपकुलपतिलाई प्राध्यापक संघको ७२ घण्टे अल्टिमेटम
-
भ्रष्टाचारमा दोषी सेवा निवृत्त कर्मचारीलाई पेन्सन दिने विषयमा रामहरि र दिलेन्द्रप्रसादको मत बाझियो
-
पीसीबीबाट अझै पुरा पारिश्रमिक नपाएको प्रशिक्षक जासन गिलेस्पीको आरोप
-
‘कुलिङ पिरियड’ का पक्षमा अधिकांश सांसद एक ठाउँमा
-
अव्यवस्थित सहरीकरण विश्वमै समस्या : परराष्ट्रमन्त्री