मौलिकता मास्ने साम्राज्यवाद अमान्यः गोकुल बाँस्कोटा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले मुलुकको मौलिकता मास्ने साम्राज्यवाद अमान्य भएको बताएका छन् । सांसद बाँस्कोटाले जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको पाँचौँ जिल्ला सभा तथा नवनिर्मित भवन उद्घाटन कार्यक्रममा राउटे समुदायलाई जबर्जस्त इसाइकरण गरेर मुलुकको मौलिकता मास्ने प्रयास भइरहेको बताए । ‘सांस्कृतिक मौलिकता मास्ने साम्राज्यवाद कुनै पनि हालतमा मानिँदैन, धर्म र दल परिवर्तन नागरिकको स्वतन्त्रता हो’ उनले थपे ।
उनले भने, ‘ठाउँठाउँमा पार्टी बनाएर हिँड्नेलाई मेरो पनि शुभकामना छ, कमसेकम नाम र चिह्न भएको पार्टी बनाउनु । नेपालमा दुई पार्टी छन्, एमाले र काङ्ग्रेस, यिनै दुई पार्टीहरु चित्त बुझेनी–नबुझेनी, राम्रो भएनी–नभएनी, आलोचना भए करेक्सन हुँदै ढल्दै, धुलो टकटक्याउँदै यिनीहरु नै अगाडि बढ्छन् ।’
कार्यक्रममा पनौती नगरप्रमुख भीम न्यौपाने, बेथान चोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, एमालेका जिल्ला नेता इन्द्रबहादुर तामाङ, माओवादी केन्द्रका नेता विष्णु मिजारलगायतले जिल्लासभा सफलताको शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा जिसस प्रमुख उद्धव केसीले विसं २०७५ मा शुरु भएको नवनिर्मित भवन रु एक करोड ४८ लाख १७ हजारमा निर्माण सम्पन्न भएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ मसान्तसम्म १८ करोड बराबरको यार्सागुम्बा निर्यात
-
सडक सुरक्षाका लागि नीतिगत व्यवस्था गर्ने नेपालको प्रतिबद्धता
-
हुम्लामा हरेक दुई महिनामा निःशुल्क स्वास्थ्य शिविर
-
जेनेभा प्रस्थान गर्दै परराष्ट्रमन्त्री राणा
-
एघार खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा
-
आईसीसी च्याम्पियन्स ट्रफी फर्ममा फर्कने प्रयासमा रहेका अस्ट्रेलिया र इंग्ल्याण्डबिच आज भिडन्त