
८ जिल्लाका सीडीओ फेरिए, अध्यागमनको महानिर्देशकमा भट्टराई

काठमाडौं । गृह–मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आठ जिल्लाका प्रजिअसहित २६ जना सह–सचिव र उप–सचिवको सरुवा गरेका हुन् । अध्यागमन विभागको महानिर्देशकमा नारायणप्रसाद भट्टराईलाई सरुवा गरिएको छ ।
सह–सचिव शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । नवलपरासी पश्चिममा धर्मेन्द्र मिश्रलाई पठाइएको छ । लमजुङको प्रजिअमा होमप्रसाद लुइँटेललाई सरुवा गरिएको छ । बैतडीमा राजेन्द्रदेव पाण्डेलाई पठाइएको छ । राजेन्द्रदेव पाण्डेलाई बैतडीको प्रजिअ, नवराज सापकोटालाई रोल्पा, सुनिल खनाललाई डोटी र भरतमणि पाण्डेलाई मकवानपुरको प्रजिअ तोकिएको छ ।
उप–सचिव रामबहादुर कुरुङवाङलाई ईलाका प्रहरी कार्यालय टिकापुर सरुवा गरिएको छ । गोपालकुमार अधिकारीलाई बाजुरा पठाइएको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा सुशील बैधलाई पठाइएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ