बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतबाट नक्कली–सक्कली नोट छुट्याउने मेसिन ल्याइँदै

बिहीबार, २६ चैत २०७७, १५ : ४९
बिहीबार, २६ चैत २०७७

काठमाडौं । नेपाल राष्ट्र बैंकले बेलायतबाट ११ लाख ५७ हजार २ सय ९९ डलर बराबरको नोट परीक्षण मेसिन ल्याउने तयारी गरेको छ । राष्ट्र बैंकले बेलायतको प्रोसेसिङ सोलुसन लिमिटेडबाट सो मेसिन ल्याउन लागेको जनाएको छ । सबैभन्दा कम मूल्यमा यही कम्पनीले बिडिङ गरेको थियो ।  सो मेसिनले नक्कली, सक्कली, झुत्रा नोट छुट्याउनेछ । 

यो कम्पनीले बिड गरेको आजको विनिमय दरअनुसार नेपाली रुपैयाँ १३ करोड ७७ लाख ७ हजार रुपैयाँ पर्न जान्छ ।  केन्द्रीय बैंकले आशयपत्र जारी गर्दै बेलायतको प्रोसेसिङ सोलुसन लिमिटेड कम्पनीबाट मेशिन ल्यान लागेको जनाएको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप