बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कंगना रनौतको दाबीः अक्षय कुमारले गरेका थिए गोप्य फोन

बिहीबार, २६ चैत २०७७, १४ : २८
बिहीबार, २६ चैत २०७७

कंगना रनौतको फिल्म थलाइवीको ट्रेलर केही दिन अघि रिलिज भएको थियो । फिल्मको ट्रेलरले अत्यधिक तारिफ बटुल्यो । कंगना जो धेरैजसो आफ्नो बयानका कारण चर्चामा आइरहन्छिन्, उनले हालै सोसल मिडियामा अक्षय कुमारले पनि उनको फिल्मको तारिफ गरेको तर मुभी माफियाको डरले खुल्ला रुपमा यसबारे बोल्न नसकेको बताएकी छिन् ।

वास्तवमा कंगनाले एक ट्वीटको जवाफ दिँदै लेखिन्, ‘बलिउडमा धेरै नै शत्रुता मोल्ने मान्छेहरु छन् । यदि उनीहरुले मेरो तारिफ पनि गर्छन् भने उनीहरु समस्यामा आउन सक्छन् । मैले कति सिक्रेट कल्स र मेसेज पाएको छु । यहाँसम्म कि ठूला स्टार जस्तै अक्षय कुमारले पनि मेरो फिल्म थलाइवीको ट्रेलरको तारिफ गरे । तर आलिया भट्ट र दीपिका पादुकोणको फिल्मलाई झैं उनले मेरो फिल्मलाई खुल्ला रुपमा तारिफ गर्न सक्दैनन् । मुभी माफियाको डर ।’

अब कंगनाको यो दाबी कति साँचो हो, यो कि त अक्षय कुमार कि कंगना आफैंलाई थाहा होला ।

चली चली गीतका लागि सोसल मिडियामा छाइन्ः

हालै थलाइवीको पहिलो गीत चली चली रिलिज भयो जसमा जयललिताको त्यो दिनको झलक देखियो जब उनले हिन्दी सिनेमामा आफ्नो कदम राखेकी थिइन् । चली चली गीतमा कंगनाले सुरुमा आफ्नो बोल्ड अन्दाज देखाउँछिन् र त्यसपछि उनी रेट्रो लुकमा देखिन्छिन् । यो गीतमा कंगनाले जसरी जयललिताको युवावस्था देखाउने कोसिस गरेकी छिन्, त्यो प्रशंसकलाई निकै मनपर्‍यो । यतिमात्रै होइन यो गीतपछि सोसल मिडियामा एउटा चुनौती चलिरहेको छ जसमा थुप्रै मानिसहरुले डान्स गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप