शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

न्यूजिल्याण्डले भारतीय यात्रीको प्रवेशमा लगायो अस्थायी प्रतिबन्ध

बिहीबार, २६ चैत २०७७, १३ : ५५
बिहीबार, २६ चैत २०७७

न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्नले भारतीय यात्रीलाई न्यूजिल्याण्ड प्रवेशमा अस्थायी रोक लगाएको छ ।

भारतमा कोभिड–१९ को तीब्र रुपमा बढिरहेको मामिलालाई ध्यानमा राख्दै उनले यस्तो निर्णय लिएकी हुन् ।

हालै न्यूजिल्याण्डमा कोरोनाका २३ नयाँ संक्रमित भेटिएका थिए जसमध्ये १७ केस भारतका थिए ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अर्डर्नले भारतबाट फिर्ता हुन लागेका आफ्ना नागरिकमाथि हालका लागि रोक लगाएकी छिन् ।

अर्डर्नका अनुसार यो नियम ११ अप्रिलदेखि सुरु भएर २८ अप्रिलसम्म लागू हुनेछ ।

प्रेससँग कुराकानी गर्दै जसिन्डा अर्डर्नले ११ अप्रिलमा स्थानीय समयानुसार बेलुका ४ बजेदेखि यो प्रतिबन्ध लागू हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप