संसदीय समितिमा अझै नेकपा कायम रहेको भन्दै सांसद खगराज अधिकारीको आपत्ति
काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रतिनिधिसभाको बैठकमा संसदीय समितिमा अझैपनि नेकपा दलकै आधारमा सांसदहरुको प्रतिनिधित्व रहेको भन्दै आपत्ति जनाएका छन् । सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराउँदै उनले प्रतिनिधिसभा पुनःस्थापना तथा गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र छुट्याइसकेको अवस्थामा पनि संसदीय समितिमा नेकपा दलकै आधारमा जानुपर्ने अवस्था रहेकोले यो संविधान र प्रतिनिधिसभा नियमावली विपरित रहेको भन्दै आपत्ति जनाए ।
संसदीय समितिमा दलको शक्तिको आधारमा समितिमा प्रतिनिधित्व गर्दै आएकोमा अहिले सहमतिअनुसार जान चाहन्छौं भन्दै सत्ता पक्षलाई बाध्य पारेर जान खोजेको बताए । उनले संसदीय समितिमा अवैधानिक नेकपाको सदस्य हुन नचाहेको बताउँदै समितिमा पार्टीले दिएका नामका आधारमा प्रतिनिधि चयन गर्न माग गरे । सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिमा यसबारे छलफल गरेको सोहीअनुसार संसदीय समितिहरुमा सांसदहरुको प्रतिनिधित्वको व्यवस्था गरिने जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण