संसदीय समितिमा अझै नेकपा कायम रहेको भन्दै सांसद खगराज अधिकारीको आपत्ति

काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रतिनिधिसभाको बैठकमा संसदीय समितिमा अझैपनि नेकपा दलकै आधारमा सांसदहरुको प्रतिनिधित्व रहेको भन्दै आपत्ति जनाएका छन् । सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराउँदै उनले प्रतिनिधिसभा पुनःस्थापना तथा गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र छुट्याइसकेको अवस्थामा पनि संसदीय समितिमा नेकपा दलकै आधारमा जानुपर्ने अवस्था रहेकोले यो संविधान र प्रतिनिधिसभा नियमावली विपरित रहेको भन्दै आपत्ति जनाए ।
संसदीय समितिमा दलको शक्तिको आधारमा समितिमा प्रतिनिधित्व गर्दै आएकोमा अहिले सहमतिअनुसार जान चाहन्छौं भन्दै सत्ता पक्षलाई बाध्य पारेर जान खोजेको बताए । उनले संसदीय समितिमा अवैधानिक नेकपाको सदस्य हुन नचाहेको बताउँदै समितिमा पार्टीले दिएका नामका आधारमा प्रतिनिधि चयन गर्न माग गरे । सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिमा यसबारे छलफल गरेको सोहीअनुसार संसदीय समितिहरुमा सांसदहरुको प्रतिनिधित्वको व्यवस्था गरिने जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीले विन्दालाई भने - चिठी नै नभए के को कारवाही ?
-
पटक–पटक म्याद थप र हर्जानाः जेठभित्र 'सञ्चालनमा आउँदै' ग्वार्को ओभरपास
-
सशस्त्रका एआईजी सीपी गौतम सेवा निवृत्त
-
एमालेभित्र विवादः विनोद ढकाललाई पर्शुराम बस्नेतले 'अवैधानिक' भनेपछि...
-
शिक्षक आन्दोलन असर : केन्द्राध्यक्ष गोष्ठी रोक्न राष्ट्रिय परीक्षा बोर्डले पठायो पत्र
-
२५ करोड प्रकरण : ट्रक चालक र मालिक नारायण पौडेलविरुद्ध मुद्दा दायर