शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पहिलो पटक तीन लिङ्गका साथ जन्मियाे बच्चा,  विज्ञानका लागि चुनौती

बिहीबार, २६ चैत २०७७, १३ : ३३
बिहीबार, २६ चैत २०७७

इराकमा एउटा  बच्चा तीनवटा लिङ्गका साथ जन्मिए । यो सामान्य मानिसको लागि मात्र नभएर चिकित्सा विज्ञान तथा विज्ञका लागिसमेत आश्चर्य बनाउने घटना बन्यो ।

यसको पछाडिको कारण विज्ञानलाई थाहा छैन । यस  अवस्थालाई 'सुपरन्युमरेरी पेनिस' (Supernumerary penises ) भनिन्छ । अहिलेसम्म संसारभरमा एकसय द्वीलिङ्गी अर्थात् डिफालिया (Diphallia ) को केस  आएका  छन्  । तर, यो तीन लिङ्ग ( Triphallia ) वाला केस भने पहिलो पटक  सार्वजनिक भएको हो ।

यसलाई हालसम्म संसारकै पहिलो तथा दुर्लभ घटना मानिएको छ । यसअघि द्वीलिगी बच्चा जन्मिएका  समाचार मात्रै  आएका थिए । तर, यसको कारणको बारेमा भने अहिलेसम्म पनि पत्ता लागेको छैन ।

अहिलेको यो जन्मिएको त्रिलिङ्गी बच्चाले वैज्ञानिकका अगाडि  गम्भिर तथा नयाँ चुनौती खडा गरिदिएका छन् ।

इराकको  मोसुल शहर नजिकै दोहुकमा  जन्मिएको यस बच्चाका  दुइवटा लिङ्ग शलयक्रिया  गरी फालिएका   छन्  । विज्ञका  अनुसार ६० लाख  बच्चामध्ये एक बच्चा एकभन्दा बढी लिङ्गका साथ जन्मिन सक्छ  ।

हालसम्म संसारभरी झण्डै एक सय  द्वीलिङ्गी केस थाहा भएका  छन्  ।  इन्टरनेशनल जर्नल अफ सर्जरीको केस रिपोर्टका अनुसार त्रिलिङ्गी केस भने पहिलो पटक भेटिएको हो ।

आधुनिक चिकित्सा विज्ञानका अनुसार यो एउटा अति दुर्लभ रोग हो जुन ३ देखि १५ साताको भ्रुणमा हुने गर्छ ।

यस्तो पहिलो केस १६०० को दशकमा भेटिएको बताइएको छ । यसमा स्क्रोटम वा एनस पनि एकभन्दा बढी  हुनसक्छन्  । कैयौं पटक लिङ्ग अविकसित पनि हुन सक्छन् । हालसम्म भेटिएका केसहरु एक आपसमा अलग देखिएका छन् । यसकारण यसलाई एक दुर्लभ अवस्था भएकोसमेत बताइन्छ ।

यो घटनाको पछाडिको कारण स्पष्ट नभए पनि नशालु पदार्थको सेवन यसको कारण हुनसक्ने अनुमान गरिएको छ । यसबाहेक सङ्क्रमणका कारण पनि यस्तो हुनसक्छ । रिपोर्ट जेनेटिक संरचनामा हुने परिवर्तनका कारण पनि यस्तो हुनसक्ने बताइएको छ ।

यसका कारण बिरामीमा ग्यास्ट्रो इन्टेस्टिनल ट्र्याक्ट, स्केलेटल वा पेल्भिक हड्डीदेखि हृदयघातको समस्याको सामना पनि गर्नुपर्ने सम्भावना छ । सामान्यतया, यी सबै अंगले सामान्य तरिकाले काम गर्ने गर्छन् । तर, यी इराकी बच्चामा भने यो अवस्था थिएन । यसकारण यसलाई सहजै शल्यक्रियाद्वारा काटेर फालियो  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप