यो हो सर्वाधिक धनाड्यहरुको शहर

चिनियाँ राजधानी बेइजिङ संसारकै धेरै अर्बपतिहरु बस्ने शहर बनेको छ । फोर्ब्स म्यागजिनले प्रकाशित गरेको अर्बपतिहरुको सूचीले यसबारे जानकारी दिएको हो ।
म्यागजिनका अनुसार गत वर्ष यो सूचीमा ३३ धनाढ्य थिए जुन यो वर्ष बढेर सय पुगेको छ ।
यसमा बेइजिङले न्युयोर्क सिटीलाई पछि पारेको छ । यसवर्ष न्युयोर्क सिटीका ९९ जना धनाढ्य यो सूचीमा पर्न सफल भएका छन् । सात वर्षयता न्युयोर्क नै धेरै अर्बपति भएको सहरमा पहिलो स्थानामा थियो ।
चीनले कोरोनाभाइरस नियन्त्रणका लागि गरेको पहल, यसको प्रविधिमा विकास र स्टक मार्केटका कारण शीर्ष स्थान ओगट्न सफल भएको हो ।
बेइजिङमा अर्बपतिहरु थपिए पनि न्युयोर्कका अर्बपतिहरुसँग बेइजिङका सबै अर्बपतिको भन्दा ८० बिलियन डलर बढी सम्पत्ति छ ।
बेइजिङका सर्वाधिक धनाढ्य झाङ विमिङ्ग हुन् । उनी टिकटकका संस्थापक हुन् र बाइटडान्सका मुख्य कार्यकारी अधिकारी । उनको कूल सम्पत्ति ३५.६ बिलियन डलर छ ।
यस्तै न्युयोर्क सिटीका सर्वाधिक धनाढ्य पूर्व मेयर माइकल ब्लूमबर्ग हुन् । उनको कूल सम्पत्ति ५९ बिलियन डलर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम घटनापछि आईसीसीलाई बीसीसीआईको पत्र
-
नदीमा डुबेर बेपत्ता व्यक्तिको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो
-
नेपालसहित चार देशमा एमसीसी परियोजना नरोकिने
-
हामी सशक्त,एकीकृत र बलियो एनआरएनए देख्न चाहान्छौँ : परराष्ट्र सचिव
-
जापानलाई उछिनेर क्यालिफोर्निया बन्यो चौथो ठुलो अर्थतन्त्र
-
प्रचण्डलाई गोरखामा ऊनको हाफकोट उपहार