यूगान्डाकी गायिका वियोन्ससँग नयाँ गीत गाउँदै मदनकृष्ण
बिहीबार, २६ चैत २०७७, १३ : ००
काठमाडौंँ । ‘फुलबुट्टे सारी’ गीत गाएर चर्चामा आएकी यूगान्डाकी गायिका दे क्याप्टेन वियोन्स फमासीसँग बरिष्ठ अभिनेता मदनकृण श्रेष्ठले नयाँ गीत गाउने भएका छन् । श्रेष्ठले बिहिबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै वियोन्ससँग नयाँ गीत गाउने तयारी गरेको जानकारी दिएका हुन् ।
‘हामीले गाएको गीत ‘फुलबुट्टे सारी’ वियोन्सले पनि गाइन् । त्यसपछि यो गीतले अन्तर्राष्ट्रिय करणको रुप लिएको महसुस गरिएको छ’ श्रेष्ठले अगाडि लेखेका छन् ‘अब वियोन्स र म मिलेर अर्काे एउटा युगल गीत गाउने तरखरमा छौं ।’
श्रेष्ठले वियोन्स तरुनीसँग आफ्नो स्वर मेल खाला कि नखाला भनेर समेत चिन्ता गरेका छन् ।
यो गीतको पहिलो भर्सन गायिका मेलिना नेवारको स्वरमा आएको थियो । जसमा शब्द तथा संगीत राजराज शिवाकोटीको रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियलले भित्र्याउन खोजेका डेभिसले गरे बायर्नसँग नयाँ करार
-
झोलुङ्गे पुल निर्माणका क्रममा खसेर भेरी नदीमा दुई जना बेपत्ता
-
भारतीय आप्रवासी बोकेको विमान अमृतसरमा अवतरण
-
४.४५ अंकले घट्यो नेप्से, फाइनान्सतर्फ भने लगानीकर्ता झुम्मिए
-
पूजाको अर्धशतक खेर, रोकिएन नेपालको हारको शृङ्खला
-
फ्रान्समा सरकारविरुद्ध अविश्वासको प्रस्तावलाई दक्षिणपन्थी पार्टीले समर्थन नगर्ने