शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरको सडकमा भेटियो चितुवाको छाला

बिहीबार, २६ चैत २०७७, १२ : ०३
बिहीबार, २६ चैत २०७७

काठमाडौं । ललितपुरको कुसुन्तीमा बेवारिसे अवस्थामा चितुवाको छाला फेला परेको छ । ललितपुर महानगरपालिका–१३ मा जेब्रा झोलामा प्याक गरेर छोडेको अवस्थामा चितुवाको छाला भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी  किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।

चितुवा शिकार गर्ने समूहले छाला झोलामा छाडेर भागेको सुराक पाएपछि महानगरीय प्रहरी वृत सातदोबाटोबाट खटिएको टोलीले सो सामान बरामद गरेको हो । प्रहरीले बरामद गरेको छाला डिभिजन वन कार्यालय गोदावरीमा बुझाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप