राजेशपायलको ‘शंकास्पद’ निम्तो

काठमाडौँ । गायक राजेशपायल राई जहाँ भेटिन्छन् । त्यहाँ उनलाई प्रश्न सोध्ने गरिन्छ – विवाह कहिले ? राईको जवाफ पनि सधैँ एउटै रहने गर्छ, ‘सरप्राइज विवाह गरेर बोलाउँछु ।’
सोमबार साँझ पत्रकारहरुलाई ‘सरप्राइज सेलिब्रेसन’भन्दै राईले निम्तो बाँडे । ब्याचलर गायकको ‘सरप्राइज’ निम्तो आएपछि सबैले शंका गरे, ‘कतै राजेशपायलको विवाह त होइन ?’
निम्तोमा मंगलबार साँझ रातोपुलस्थित रकहाउस क्याफेमा उपस्थित हुने थियो । राजेशपायलको ‘सरप्राइज’ निम्तो पाएपछि युट्युबर नपुग्ने त कुरै भएन । मूलधारका धेरै पत्रकारसमेत पुगेका थिए ।
तर, माहोल बेग्लै थियो । त्यहाँ न राजेशपायलको जीवसाथी नै थिइन्, न त विवाहको घोषणा नै भयो । कार्यक्रम थियो राजेशपायलले गाएको विभिन्न तीन गीतको खुसी सेलिब्रेसनको । जुन गीतले करोड बढी दर्शक पाएको थियो ।
‘तपाईंहरु सरप्राइज पार्टीमा के सोचेर आउनु भयो मलाई थाहा छैन,’ कार्यक्रममा गायक राइले भने ‘मेरो यो एउटा सामान्य कार्यक्रममा हो, मिडियाका साथीहरुसँग गीतको खुसी साटौँ भनेर निम्तो दिएको हुँ ।’
गायक राईको स्वर रहेको ‘उकालीका जाँदा जाँदै’, ‘टलटल टल्कियो’ र ‘फूलेको वन’ गीतको भिडियोले यु–ट्युबमा करोड बढी भ्युअर्स पाएको छ । त्यही अवसरमा गायक राजेशपायलले खुसीयाली बाँडेका हुन् ।
कार्यक्रममा राजेशपायलले ती गीतहरु प्रत्यक्ष गाएर सुनाएका थिए । ‘सप्र्राइज सेलिब्रेसन’को निम्तोमा कार्यक्रममा विवाहको घोषणा सुन्न पुगेका पत्रकार तथा युट्यवर गीत सुनेर फर्किएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ : सांसद गौतम
-
कारागारभित्रै सीप सिकेर कमाउँछन् कैदीबन्दीहरू
-
यो सिजन दोस्रो पटक आमनेसामने हुँदै कोलकाता र पञ्जाब
-
कोशीमा पर्यटन वर्ष सुरूसँगै पर्यटकको चहलपहल बढ्यो
-
जनमत–नागरिक उन्मुक्ति एकता : मतदाता परिचय पत्रसहित बैठकमा उपस्थित हुन जनमतको आग्रह
-
सरकार र आन्दोलनरत शिक्षकबिच वार्ता : छलफललाई निरन्तरता दिने सहमति