शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतमा २४ घण्टामा सर्वाधिक १.२६ लाख बढी संक्रमित फेला, खोपको डोज पनि समाप्त हुने स्थितिमा

बिहीबार, २६ चैत २०७७, ११ : २१
बिहीबार, २६ चैत २०७७

भारतमा कोरोनाको स्थिति खराब हुँदै गएको छ । बुधबार भारतमा रेकर्डस्तर १ लाख २६ हजार २५६ मानिसहरु संक्रमित पाइएका छन् । अघिल्लो वर्ष महामारी सुरु भएपछि बुधबार भेटिएका संक्रमित सर्वाधिक हुन् । यसअघि ६ अप्रिलमा एकदिनमा १.१५ लाख मानिस कोरोनाद्वारा संक्रमित पाइएका थिए ।

यसबाहेक बुधबार ६८४ बिरामीको मृत्यु पनि भएको छ । यसका साथै ५९ हजार १२९ व्यक्ति निको भएका छन् । यससँगै कोरोना संक्रमितको आँकडा अब १.२९ करोड बढी भएको छ । यीमध्ये १.१८ करोड मानिस निको भएका छन् जबकी १.६६ लाख बिरामीको मृत्यु भएको छ । ९ लाख ५ हजार बिरामीको हाल उपचार चलिरहेको छ ।

खोपले मात्रै रोक्न सक्नेः

डिपार्टमेन्ट अफ साइन्स एण्ड टेक्नोलोजी (डीएसटी) का सेक्रेटरी र भारतका ठूला वैज्ञानिकमा गनिने प्राध्यापक आशुतोष शर्माले कोरोनाको हालको स्थिति पहिलाको तुलनामा अत्यधिक धेरै भएको र यसले मानिसहरुबीच तीब्र गतिमा संक्रमण फैलने बताएका छन् । यसलाई रोक्नका लागि ठूलो परिमाणमा खोप अभियान मात्रै प्रभावकारी हुने उनले बताएका छन् । देशको धेरैजसो जनसंख्यालाई खोप लगाएपछि यसको असर कम हुन थाल्ने उनले जानकारी दिएका छन् ।

मुम्बईमा खोप लगभग सिद्धिसक्योः

मुम्बईमा कोरोनाको बढ्दो संक्रमितबीच नयाँ संकट आएको छ । यहाँ खोप लगभग सिद्धिसकेको छ । मुम्बईकी मेयर किशोरी पेडणेकरले भनिन्, ‘मुम्बईमा खोपको स्टक लगभग समाप्त भइसकेको छ । हामीले खोपका सबै डोज सम्पूर्ण अस्पताललाई दिएका छौं । अब हामीसँग एक लाख खोप मात्रै बाँकी छन् । यसबारे हामीले स्वास्थ्य मन्त्री राजेश टोपेलाई पनि जानकारी दिएका छौं । ’

महाराष्ट्रमा समाप्त हुँदै छ खोपको स्टकः

महाराष्ट्रका प्रमुख सचिव (स्वास्थ्य) प्रदीप व्यासले बुधबार बिहानसम्म राज्यमा करिब १४ लाख भ्याक्सिन डोज दिइएको जानकारी दिए । उनले भने, ‘थुप्रै राज्यमा आज वा भोलिसम्म स्टक समाप्त हुनेछ । केन्द्रलाई यसबारे जानकारी भएको   हामीले लिखितमा उनीहरुलाई यसबारे जानकारी दिएका छौं । ’

उनका अनुसार यदि शेड्युल र भ्याक्सिनको उपलब्धता भएको खण्डमा महाराष्ट्रमा दैनिक निकै सजिलै पाँच लाख खोप प्रदान दिन सकिन्छ । महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले पनि राज्यलाई ४० लाख डोज एक हप्तामा आवश्यक भएको बताए । उनले भने, ‘हामीले दिनमा ४–५ लाख मानिसहरुलाई भ्याक्सिन दिइरहेका छौं, यस्तोमा यदि भ्याक्सिन नपाएको खण्डमा ठूलो समस्या निम्तिन सक्छ । हामी सेन्टरको ६ लाख डोज हरेक दिन लगाउने चुनौती स्वीकार गर्न सक्छौं तर भ्याक्सिन हुनु त पर्‍यो नि ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप