बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पुटिनलाई कोरोनाबाट जोगाउन सयौं अधिकारीलाई क्वारेन्टिनमा राखेको खुलासा

बिहीबार, २६ चैत २०७७, १० : ४५
बिहीबार, २६ चैत २०७७

कोरोना महामारीको सुरुवातमा नै रुसमा राष्ट्रपति भ्लादिमीर पुटिनको सुरक्षाका लागि हर सम्भव कोसिस गरिँदै छ । यसका लागि प्रशासनले केही असाधारण तरिका पनि अपनाएका छन् ।

पुटिनको कोभिड–१९ सुरक्षाका लागि क्वारेन्टिनको एक विशेष तरिका अपनाइएको छ । क्वारेन्टिनमा नबसेका मानिसले सायदै भ्लादिमिर पुटिनलाई भेट्न सक्लान् ।

अघिल्लो वर्ष रुसमा राष्ट्रपति पुटिनको सम्पर्कमा भएका कारण सयौं मानिसहरुलाई क्वारेन्टिनमा राखियो ।

केही मानिसहरुलाई सावधानीको रुपमा आइसोलेट हुनुपर्‍यो जबकि उनीहरु राष्ट्रपति पुटिनको सिधा सम्पर्कमा पनि थिएनन् । तर उनीहरु ती मानिसहरुको सम्पर्कमा थिए जसले राष्ट्रपतिलाई भेटेका थिए ।

२५ मार्च सन् २०२० मा देशलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले कोरोनाको बढ्दो मामिलाका कारण एक अप्रिललाई ‘नन वर्किङ विक’ को सुरुवातको रुपमा मानिनेछ ।

त्यसपछि अप्रिलमा देशभरी लकडाउन लागू गरियो । यसमा खासै आवश्यक नपर्ने पसल बन्द गरियो, ठूला सभामा रोक लगाइयो र ठूलो संख्यामा मानिसहरुले घरबाटै काम गर्न थाले ।

जब पहिलोपटक क्वारेन्टिन भए अधिकारीः

यतिबेला राष्ट्रपतिलाई सेवा दिने रुसी पिमान सेवा रोशियाको एक विशेष विमानका ६० क्रु सदस्य र अन्य सरकारी अधिकारीलाई २६ मार्च २०२० मा पहिलो पटक क्वारेन्टिन गरिएको थियो ।

उनीहरुलाई एउटा होटलमा राखियो जुन राजधानी मस्को नजिकै थियो ।

यसपछि सयौं पाइलट, स्वास्थ्यकर्मी, ड्राइभर, अन्य सहायक कर्मचारी र राष्ट्रपतिलाई भेट्न आउने मानिसहरुलाई पनि दर्जनौं होटलमा क्वारेन्टिनमा राखियो । यी सबैको पछाडि एउटै उद्देश्य थियो राष्ट्रपति पुटिनलाई कोभिड–१९ संक्रमणबाट जोगाउनु ।

राष्ट्रपति पुटिनलाई स्वदेशी भ्याक्सिन लगाइएको खबर हालै आएको थियो । यद्यपि, त्यो कुन भ्याक्सिन थियो, यसबारे कुनै जानकारी दिइएको छैन ।

तर यति हुँदा हुँदै पनि अबको वर्षमा मानिसहरुलाई होटलमा क्वारेन्टिन राख्ने सिलसिला जारी रहन सक्छ ।

राष्ट्रपतिको कामकाजको सञ्चालन हेर्ने निर्देशनालयलाई महामारीबाट बच्ने उपायका लागि बजेटभन्दा ६.४ अर्ब रुबल कोष दिइएको छ ।

बीबीसी रुसी सेवाले पाएको जानकारी अनुसार मानिसहरुलाई क्वारेन्टिनका लागि कम्तिमा १२ वटा होटल प्रयोग गरिँदै छ । यी सबै होटल मस्को र आसपासका इलाकामा छन् ।

भिक्ट्री डे अघि क्वारेन्टिनः

रुसमा दोस्रो विश्वयुद्धमा जीतको ७५ औं वर्षगाँठमा एक भव्य समारोह हुनुपर्ने थियो तर यस्तो भएन । यो समारोहलाई भिक्ट्री डे परेड पनि भनिन्छ ।

अन्तिम विश्युद्धको यो याद र नाजीलाई हराउनमा रुसको भूमिका पुटिन सरकारको देशभक्तिको वर्णनको महत्वपूर्ण हिस्सा हो । यो भिक्ट्री डे परेड ९ मेमा रेड स्क्वायरमा आयोजना हुन्छ ।

तर यसपटक यसलाई २४ जून सन् २०२० मा आयोजना गरियो र त्यो पनि निकै सानो समारोहबीच । यद्यपि, यसपटक पनि सैन्य परेड यसको हिस्सा रहेको थियो ।

समारोहका बेला विश्वयुद्धमा संलग्न भएका सेवानिवृत्त सैनिक र चर्चित हस्तीले राष्ट्रपति पुटिनसँग हात मिलाए र पुरस्कार प्राप्त गरे ।

ब्लूमबर्गका अनुसार यो आयोजनाभन्दा दुई हप्ताअघि २ सय बढी मानिसहरुलाई क्वारेन्टिन गरिएको थियो । यीमध्ये ८०–९० वर्षका ८० अवकाशप्राप्त सैनिक पनि समावेश थिए जसले राष्ट्रपतिलाई समारोहका दिन भेट्नु थियो ।

क्रेमलिनका प्रवक्ता दमित्री पेस्कोवले जूनमा हुने परेडअघि सेवानिवृत्त सैनिकको एक समूहलाई उत्कृष्ट स्थितिमा क्वारेन्टिन गरिएको थियो ।

उनीहरुले यस्तो सावधानी अपनाउनका लागि गरिएको थियो भनेर जानकारी दिए ।

पत्रकार पनि क्वारेन्टिनः

रुसको सरकारी समाचार एजेन्सी तास र आरआईए–नोवोस्तीमा यस्तै प्रकारको समाचार प्राप्त भएको थियो । यसमा मस्कोको एउटा होटलमा २० पत्रकारलाई क्वारेन्टिन गरिएको बताइएको थियो । एउटा कोठामा एकैजना व्यक्ति बसेका थिए र उनीहरुलाई आमने सामने बस्ने अनुमति थिएन । उनीहरु भर्चुअल रुपमा मात्रै कुरा गर्न सक्थे ।

उनीहरुलाई धुम्रपान र मद्यपानको अनुमति पनि थिएन । उनीहरुका लागि होटलबाहिर आउने प्याकेज र पार्सलको परीक्षण गरेपछि संक्रमण रहित गरेपछि मात्रै सुम्पिइने गरिन्थ्यो ।

यी पत्रकारलाई दिनमा तीनपटक खाना दिइन्थ्यो । डिस्पोजेबल भाँडामा खाना राखेर उनीहरुको कोठा बाहिर राखिन्थ्यो । उनीहरुको सम्पर्कमा आउने हरेक व्यक्तिलाई पीपीई किट लगाउन आवश्यक थियो ।

क्षेत्रीय स्तरमा सरकारी अधिकारीलाई राष्ट्रपति पुटिनको भ्रमण अघि आइसोलेशनमा जानु परेको रिपोर्ट पनि सार्वजनिक भएको थियो । उदाहरणका लागि निजनी नोवगरद शहरको सारोव इलाकामा स्थानीय प्रशासनलाई राष्ट्रपति भ्रमणका बेला कोरोनाभाइरसको संक्रमण रोक्नका लागि एक मिलियन रुबल्स दिइएको थियो ।

बीबीसी रुसी सेवाले प्राप्त गरेको जानकारी अनुसार सारोव स्थानीय प्रशासनका करिब २० सदस्यलाई आइसोलेशनमा राखिएको थियो ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप