शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
पत्रपत्रिका

नखुलेका इतिहासका सयौँ पाना

बिहीबार, २६ चैत २०७७, ०७ : १९
बिहीबार, २६ चैत २०७७

शीतल निवासबाट राष्ट्रिय अभिलेखालय पुर्याइएका ऐतिहासिक हजारौँ दस्तावेज बन्द कोठामा थन्क्याएर राखिएको छ । ती दस्तावेजमाथि अनुसन्धानकर्ताको पहुँच नपुग्दा कतिपय इतिहासका पाना खुल्न पाएका छैनन् । परराष्ट्र मन्त्रालय रहेको महाराजगञ्जस्थित शीतल निवासलाई राष्ट्रपतिको कार्यालय बनाइएपछि २०६७ सालमा ती दस्तावेज संरक्षणका लागि अभिलेखालयमा ल्याइएको थियो । अभिलेखालयभित्रको एउटा कोठामा पोका बनाएर दस्तावेज राखिएको छ । दस्तावेज करिब आठ सय पोकामा छन् । अ

भिलेखालयका निमित्त महानिर्देशक सौभाग्य प्रधानाङ्गले भने, “ती दस्तावेज परराष्ट्र मन्त्रालयको सम्पत्ति हो । अझैसम्म हस्तान्तरण नभइसकेकाले तिनमा अधिकार नभएकाले सार्वजनिक गर्न वा अनुसन्धानकर्तालाई हामीले उपलब्ध गराउन मिल्दैन ।” परराष्ट्र मन्त्रालयमा रहेका ऐतिहासिक दस्तावेज दुई चरणमा राष्ट्रिय अभिलेखालयमा ल्याइएको थियो । पहिलो चरणमा कहिले ल्याइएको थियो भन्ने जानकारी नभए पनि ती अभिलेखमाथि सबैको सहजै पहुँच छ । अभिलेखालयले सुरुमा आएका १३२ थान अभिलेखलाई २०३० सालमै माइक्रोफिल्ममा संरक्षित गरिसकेको थियो । पछिल्लो चरणमा आएका अभिलेखको सूची तयार भए पनि बन्द कोठाभित्र कपडामा बेरेर राखिएको छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप