
पत्रकार महासंघ दोलखाको अध्यक्षमा चौलागाईं निर्वाचित

काठमाडौं । नेपाल पत्रकार महासंघ दोलखाको अध्यक्षमा दिपशंकर चौलागाईं निर्वाचित भएका छन् । प्रेस युनियन, प्रेस संगठन नेपाल र प्रेस चौतारी माधव नेपाल समूहको गठबन्धनबाट अध्यक्षका प्रत्यासी चौलागाईं निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचिन चौंलागाईं प्रेस युनियन निकट हुन् भने उपाध्यक्षमा प्रेस चौतारी माधव नेपाल समूहका श्रीजनकुमार घिमिरे निर्वाचित भएका छन् । त्यस्तै महिला उपाध्यक्षमा सिर्जना खड्का (प्रेस संगठन), सचिवमा दिलबहादुर केसी (प्रेस संगठन) र कोषाध्यक्षमा नवीन खतिवडा (प्रेस चौतरी नेपाल समूह) निर्वाचित भएका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ