शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार महासंघ काभ्रेको अध्यक्षमा तिमल्सिना निर्वाचित

बुधबार, २५ चैत २०७७, २३ : २५
बुधबार, २५ चैत २०७७

काठमाडौं । नेपाल पत्रकार महासंघ काभ्रेको अध्यक्षमा प्रेस युनियनका बद्रीप्रसाद तिमल्सिना निर्वाचित भएका छन् भने सचिवमा युनियनकै कपिल कोइराला निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा विनोदकुमार न्यौपाने निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा सुनिता सापकोटा निर्वाचित भएकी छन् भने समावेशी सहसचिवको मत बराबर झरेको छ ।

समावेशी सहसचिवका जगतमान बल र रोजन तामाङले ५९–५९ मत प्राप्त गरेका छन् । त्यस्तै सहसचिव खुल्लामा सरोज अधिकारी निर्वाचित भएका छन् । काभ्रे शाखामा अध्यक्ष सचिवमा युनियनले जित हासिल गरेपनि बहुमत सदस्य प्रेस चौतारीबाट निर्वाचित भएको जनाइएको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप